11 May 2025
KALIKATIMES.COM

कतार र बेलायतको सहयोग पाएर राम परिवार हर्षित

रौतहट, १५ असोज ।
कतार र बेलायतको सहयोग पाएर अपाङ्ग परिवार नै हर्षित भएको छ । श्रम गर्न खाडीमुलुक कतारमा विगत १५ वर्ष देखि रहेका महोतरी जलेश्वर निवासी बद्रीनाथझाले रौतहटको परोहानगरपालिका–७ नरकटिया खापका असहाय दुवै खुट्टाले अपांग ३६ बर्षीय उपेन्द्र राम चमारलाई ट्रायल साईकल सहयोग गरेका छन् ।

महोतरी निवासी युवा समाज सेवीझाले आफू प्रवासमा रहेर पनि नेपालको एक पीडितलाई सहयोग गर्न पाउँदा आनन्दित भएको बताएका छन् । ‘म पहिलादेखि नै अपांगता, असहाय, गरिब भएका व्यक्तिलाई सहयोग गर्न मन पराउने मान्छे हुँ ।

नेपाल आएको बेला उनीसँग भेट्ने मौका पाए अझ खुशी महसुश हुनेछ । अपांगता भएका रामको जिवनमा यसबाट केही परिर्वतन होस भन्ने मात्र सोचले सानो सहयोग गरेको बताए ।’सोही परिवारमा दुवै खुट्टाले अपांग ११ बर्षीय मुस्कान राम चमार लाई मुकुन्द फुयालको छोरा मिलिन्ड फुयालले यु.के बेलायतबाट कोशिश फाउण्डेसन मार्फत ह्वलचेयर सहयोग गरेका छन ।

रामको घरको आर्थिक अवस्था निकै कमजोर भएकाले अरु बालबालिका जस्तै घर बाहिर वा विधायल जानचाहेर पनि जान्न चाहना हुदाहुदै पनि कुनै सुविधा उपलब्ध परिवारबाट हुन नसकेकाले दिनभरि घरमा बसेर नै जिवन बिताउ छिन । अब ह्वेल चेयर पाए पछि विधालय र साथीहरु सँग रमाउन पनि सजिलो भएकोले सहयोगी दातालाई मुरिमुरि धन्यवाद समेत रामको आमाले दिईन ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

बुद्ध जयन्तीको अवसरमा भिस्वा डाँडामा सरसफाई

कालिका टाईम्स

प्रेस सेन्टर पर्साद्वारा सिडिओलाई ज्ञापन

कालिका टाईम्स

नयाँ लुगा किनिदिने प्रलोभनमा पारी नाबालिकालाई यौनधन्दामा लगाउने महिला वीरगंजबाट पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:15.444 sec. Memory consumption:82.42 mb