41.4 C
Birgunj
12 May 2025
KALIKATIMES.COM

वालविवाह तथा दाइजो रोक्न तयार छु भन्दै हस्ताक्षर

वीरगंज,१४ असोज | बालविवाह तथा दाइजो प्रथा अन्त्यका लागि आज वीरगंजमा हस्ताक्षर अभियान तथा सडक नाटक प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समितिको सभाकक्षमा भएको कार्यक्रममा सरोकारवालाहरुले दाइजो प्रथा रोक्न हस्ताक्षर गरी प्रतिबद्धता जनाएका छन । म वालविवाह तथा दाइजो रोक्न तयार छु लेखिएको व्यानरमा हस्ताक्षर गरी कार्यक्रमका सहभागिहरुले प्रतिवद्धता जनाएका हुन । युरोपियन युनियनको सहयोगमा र आर.आर.एन. को आयोजनामा भएको कार्यक्रममा किशोरी सम्वाद समुहका किशोरीहरुले बालविवाह तथा दाइजो प्रथा सम्बन्धी संगित, नृत्य तथा चेतनामुलक सडक नाटक समेत प्रदर्शन गरेका थिए । आर.आर.एन. किशोर सम्वाद कार्यक्रमका व्यवस्थापक अनु पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका संयोजक नेक महम्मद अंसारी, वीरगंज महानगरपालिकाकी उप मेयर शान्ति कार्की, गैसस महासंघ नेपाल पर्साका अध्यक्ष छठु साह, नेपाल पत्रकार महासंघ पर्साका सचिव युवराज खाडका, कार्यक्रम सम्वाद अधिकृत प्रकाश पाण्डे लगायतकाले मन्तव्य राखेका थिए । यस्तै युरोपियन युनियनको सहयोगमा र आ.आर.एन.को आयोजना वालविवाह तथा दाइजो प्रथा सम्न्धी चेतनामूलक सडक नाटक वीरगंजको घण्टाघरमा पनि पदर्शन गरिएको छ । किशोरी सम्वाद कार्यक्रम अन्तर्गत किशोरी सम्वाद समुहका किशोरीहरुले चेतनामूलक सडक नाटक प्रदर्शन गरेको सुपरभाईजर सुनेशवर साहले वताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

बुद्ध जयन्तीको अवसरमा भिस्वा डाँडामा सरसफाई

कालिका टाईम्स

प्रेस सेन्टर पर्साद्वारा सिडिओलाई ज्ञापन

कालिका टाईम्स

नयाँ लुगा किनिदिने प्रलोभनमा पारी नाबालिकालाई यौनधन्दामा लगाउने महिला वीरगंजबाट पक्राउ

कालिका टाईम्स
SQL requests:211. Generation time:7.835 sec. Memory consumption:82.4 mb