KALIKATIMES.COM

बारामा नियमित चेकजाँचकाे क्रममा एकैदिन २४७ सवारी साधनलाई कारवाही

रू.२ लाख १९ हजार राजश्‍व पनि संकलन, एक जना लागु औषधसहित पक्राउ


वीरगंज । बारा प्रहरी बिहिबार दिउसाे नियम विपरित संचालित २४७ सवारी साधनलाई कारवाही गरी रू.२ लाख १९ हजार ४ सय राजश्‍व संकलन गरेकाे छ ।

जिल्ला प्रहरी कार्यालय बारा मातहतका ३० स्थानमा अपराध नियन्त्रण, रोकथाम तथा यातायात व्यवस्थापनको लागी ट्राफिक प्रहरी सहितको भिगाेरस चेकिङ गरी ट्राफिक नियम विपरित संचालित सवारीसाधनलाई कारवाही गरेकाे हाे ।

ट्राफिक नियम विपरित चलाईएका १३८ सवारी साधनहरूलाई कारवाही गरी रू. एक लाख १२ हजार राजस्व संकलन गरीएको र नियमित चेकजाँचको क्रममा १०९ सवारी साधनहरूलाई कारवाही गरी रू एक लाख ७ हजार ४ सय राजस्व संकल गरीएकाे जिल्ला प्रहरी कार्यालय बारा प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्याैपानले वताए ।

यसका साथै चेकिङकाे क्रममा पक्राउ परेकाे २ वटा भारतीय नम्बर पलेट भएको मोटरसाईकल वीरगंज भन्सार कार्यालय, पर्सा पठाईएको, ७ वटा सवारी दर्ता किताब आवश्यक कारवाहीको लागी यातायात व्यवस्था कार्यालयमा पठाईएको र २० वटा माेटरसाइकल, एक ट्याक्टर, एक पिकअप प्रहरीको नियन्त्रणमा रहेको उनले जानकारी दिए ।

साथै सोही चेक जाँचको क्रममा लागु औषध गाँजासहित एक जना पक्राउ समेत परेका छन् ।

अस्थाई प्रहरी पोष्‍ट ईनर्वासिरहा बाराबाट खटिएको प्रहरी टोलिले बिहिबार दिउसाे नै ४:४५ बजेको समयमा जीतपुरसिमरा उप-महानगरपालिकाकाे वडा नं.१९ निवासी ३३ बर्षिय प्रयाग महतो नुनियालाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

जीतपुरसिमरा उप-महानगरपालिका वडा नं. २४ स्थित हरपुरबाट ईनर्वासिरा तर्फ चलाई गई रहेको साईकल चालक नुनियालाई नियमित रूपमा चेक जाँच गर्दा साईकल पछाडि झोलामा लुकाई छिपाई राखेको लागु औषध गाँजा ५ किलो वरामद भएकाे बारा प्रहरीका प्रवक्ता न्याैपानेले वताए ।

त्यसपछि लागु औषधसहित मानिसलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय बाराले प्रेस विज्ञप्ती मार्फत जनाएकाे छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

रोट्रयाक्टकाे डिष्ट्रिक सेमिनार चितवनमा सम्पन्न

कालिका टाईम्स

वीरगंजबाट १० किलो गाँजासहित दुई महिला पक्राउ

कालिका टाईम्स

एमाले पर्साकाे पदाधिकारीमा अध्यक्ष शर्मा कै प्यानल विजयी

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:195. Generation time:3.073 sec. Memory consumption:72.38 mb
Send this to a friend