KALIKATIMES.COM

एमाले पर्साकाे पदाधिकारीमा अध्यक्ष शर्मा कै प्यानल विजयी

वीरगंज । नेकपा एमाले पर्साको उपाध्यक्षसहितका पदाधिकारीमा नवनिर्वाचित जिल्ला अध्यक्ष डा. विश्वम्भर शर्माकै प्यानल विजयी भएको छ।

आइतबार साँझ सकिएको मतगणनाको अन्तिम परिणाम अनुसार उपाध्यक्षमा मनोज गुप्ता निर्वाचित भएका छन् । गुप्ता ३२६ मतका साथ उपाध्यक्षमा निर्वाचित हुँदा उनका प्रतिस्पर्धी लालबाबु शेखले १६६ मत मात्रै पाए ।

यस्तै सचिवमा पनि अध्यक्ष शर्माकै प्यानलका महेश दास २३९ मतका साथ निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी नवराज शर्माले २३३ मत पाए । उपसचिव (खुल्ला)मा नविजान मियाँ २०२ मतका साथ विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी रामकिशोर सिंह परागले १९१ मत मात्रै पाउन सकेको निर्वाचन समितिले जनाएको छ । गुप्ता, दास र मियाँ तीनै जना अध्यक्ष शर्मा प्यानलका हुन् । 

पर्सामा एमालेको जिल्ला अध्यक्षमा शर्मा यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए भने उपाध्यक्षसहितका पदाधिकारी चयनका लागि गत शुक्रबार राति मतदान भएको थियो ।

उपसचिव(महिला)मा सीतादेवी लामा २४६ मतका साथ निर्वाचित हुदाँ उनकी प्रतिस्पर्धी गीता भण्डारीले २०५ मत मात्रै पाइन् । लामा शर्मा इतर पक्षकी हुन् ।

यस्तै लेखा समितिको अध्यक्ष शिवजी गुप्ता २७७ मतका निर्वाचित भएका छन् । लेखा समितिको उपाध्यक्षमा गोविन्द प्रताप श्रेष्ठ भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।  

उपाध्यक्षसहितका पदाधिकारी र लेखा समिति चयनका लागि शुक्रबार राति भएको मतदानमा कूल ५३३ मत खसेको थियो । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा जिल्ला पूर्ण खोप घोषणा

कालिका टाईम्स

वीरगंज महनगर पत्रकारलाई सहयोग गर्न आपतकालिन कोषको कार्य विधि तयार गर्दै

कालिका टाईम्स

पर्सामा छाेराकाे हत्या आराेपमा आमा पक्राउ

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:191. Generation time:2.518 sec. Memory consumption:72.06 mb
Send this to a friend