KALIKATIMES.COM

वीरगंजबाट १० किलो गाँजासहित दुई महिला पक्राउ

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले प्रतिबन्धित लागूऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । वीरगंज महानगरपालिका वडा नम्बर २१ हनुमान चौकस्थित सडकखण्डबाट २ जना पक्राउ परेका हुन् । 

नारायणगढ चितवनबाट वीरगंजतर्फ आउँदै गरेको ना ४ ख ५९३७ नम्बरको सार्वजनिक बसमा प्रहरी चौकी परवानीपुरबाट खटिएको टोलीले चेकजाँच गरेको हो ।

बसको पछाडीको सिटमा बसेका महिलाले कालो रङ्को २ वटा झोला चेकजाँच गर्दा १० किलो गाँजा फेला परेको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए ।

मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर २ निवासी ४२ वर्षीय ईन्द्र कुमारी चेपाङ्ग र सोही ठाउँकी ४२ वर्षीय फुलमाया स्याङ्बोलाई नियन्त्रणमा लिईएको थापाले बताए । उनकाअनुसार दुवै जना विरुद्ध लागूऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको छ । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा जिल्ला पूर्ण खोप घोषणा

कालिका टाईम्स

वीरगंज महनगर पत्रकारलाई सहयोग गर्न आपतकालिन कोषको कार्य विधि तयार गर्दै

कालिका टाईम्स

पर्सामा छाेराकाे हत्या आराेपमा आमा पक्राउ

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:226. Generation time:4.369 sec. Memory consumption:72.44 mb
Send this to a friend