KALIKATIMES.COM

विश्व स्वास्थ्य दिवसमा एक सय २० प्रहरीको थाइराइड परीक्षण

वीरगंज  |  जिल्ला प्रहरी कार्यालय पर्सा अन्तर्गत कार्यरत प्रहरीहरूको आइतबार निशुल्क थाइराइड परीक्षण गरिएको छ । विश्व स्वास्थ्य दिवसको अवसर पारेर जिल्ला प्रहरी कार्यालय परिसरमै प्रहरीहरूको निशुल्क थाइराइड परीक्षण गरिएको सानाे पाइलाले जनाएकाे छ ।

सामुदायीक संस्था सानो पाइला र एजिलस् ल्याबरोटरीसँगको सहकार्यमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत १ सय २० जना प्रहरीले थाइराइड परीक्षण गराएकाे सानाे पाइलाले प्रेस विज्ञप्ती मार्फत जनाएकाे छ । 

कार्य व्यस्तता,  जानकारीको अभाव,  हतार र बाध्यात्मक खानपान लगायतका कारणले प्रहरीहरूमा थाइराइडको समस्या हुनसक्ने जोखिम धेरै रहन्छ । त्यसैले जनताको सुरक्षार्थ खटिने प्रहरीहरूलाई थाइराइड सम्बन्धी जानकारी दिन तथा रोग लागेको भए उपचार विधिमा सामेल गराउन परीक्षण गरिएको सानो पाइलाका हेल्थ सर्भिसेजका संयोजक डा. राकेश कुमार झाले बताए । 

‘निरन्तर काममा खटिनुपर्दा  प्रहरी कर्मचारीहरूमा आरामको सम्भावना न्यून हुन्छ । थला नै नपर्दासम्म स्वास्थ्य परीक्षण गराउने वातावरण पनि भइदिँदैन । जसले गर्दा थइराइड रोगले च्याप्ने सम्भावना प्रहरीमा धेरै हुन्छ ।’, डा झाले भने, ‘ त्यसैले रोग जटिल भइ समस्या नआओस् भन्नका लागि समयमै थाइराइडको परीक्षण र उपचार गर्नु जरूरी हुन्छ । ’

पर्सा प्रहरी प्रमुख कुमोध ढुगेंलले प्रहरीहरूको आवश्यकता र अवस्थाबारे चासो राखेर निशुल्क थाइराइड परीक्षण गरेकोमा आयोजकहरूप्रति आभार व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

रास्वपा पर्सा क्षेत्र नं. ४ काे आयाेजनामा निशुल्क आँखा तथा दन्त शिविर सम्पन्न

कालिका टाईम्स

निखिल ज्वेलर्सकाे आयाेजनामा रक्तदान कार्यक्रम सम्पन्न

कालिका टाईम्स

गाैतम स्कुलकाे मनाेपरी, नियम कानुनकाे धज्जी उडाउँदा पनि सम्बन्धित निकाय माैन

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:195. Generation time:3.373 sec. Memory consumption:72.39 mb
Send this to a friend