KALIKATIMES.COM

एमाले पर्साकाे अध्यक्षमा डा. शर्मा निर्विराेध

वीरगंज । नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर कुमार शर्मा निर्विराेध निर्वाचित भएका छन् ।

९ औं पर्सा जिल्ला अधिवेश अन्तर्गत जिल्ला अध्यक्षकाे लागि डा. शर्मासहित ३ जनाले उम्मेदवारी दर्ता गराएका थिए । जिल्ला अध्यक्षमा उम्मेदवारी दिएका कुनाल महताे थारु र हनिफ मियाँ जाेलाहाले आफ्नाे उम्मेदवारी फिर्ता लिएपछि डा. शर्मा निर्विराेध भएका हुन् । 

जिल्ला उपाध्यक्षकाे लागि लालबाबु शेख र मनोज कुमार गुप्ताकाे उम्मेदावरी यथावत रहेकाे छ । त्यस्तै सचिवमा नवराज शर्मा र महेश दासकाे उम्मेदवारी कायम रहेकाे छ । उपाध्यक्ष र सचिव पदमा पनि सहमती प्रयास भइरहेकाे बुझिएकाे छ ।

उपसचिवमा रामकिशोर सिंह (पराग), ईमरान हुसेन र नविजान मियाँ अन्सारी प्रतिस्पर्धामा छन् भने महिलातर्फ गिता देवी भण्डारी र सिता देवी लामाले उम्मेदवारी दिएकी छन् । 

लेखा समिति अध्यक्षमा पनि सन्तोष कुमार सिंह र शिवजी गुप्ताको उम्मेदवारी परेको छ । लेखा समिति उपाध्यक्षमा भने गोविन्द प्रताप श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । 

सकेसम्म सहमतीमै निर्विरोध समिति चयन गर्ने गरी छलफल भइरहेको सचिवका आकांक्षी महेश दासले बताए । सहमतीमा नटुंगिए निर्वाचन हुने उनको भनाई छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा जिल्ला पूर्ण खोप घोषणा

कालिका टाईम्स

वीरगंज महनगर पत्रकारलाई सहयोग गर्न आपतकालिन कोषको कार्य विधि तयार गर्दै

कालिका टाईम्स

पर्सामा छाेराकाे हत्या आराेपमा आमा पक्राउ

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:195. Generation time:3.447 sec. Memory consumption:72.4 mb