KALIKATIMES.COM

निखिल ज्वेलर्सकाे आयाेजनामा रक्तदान कार्यक्रम सम्पन्न

वीरगंज । निखिल ज्वेलर्स वीरगंजले आयोजना गरेको रक्तदान कार्यक्रममा ६ महिलासहित ४६ जनाले रक्तदान गरेका छन् ।

वीरगंजमा रगतको अभाव भएपछि गहवा मन्दिर पार्कमा निखिल ज्वेलर्सले आकस्मिक रुपमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको थियाे । साे कार्यक्रममा प्राविधिक सहयोग रक्त संचार केन्द्र वीरगंजका प्राबिधिकहरुले गरेका थिए ।

कार्यक्रममा रक्तदान गर्ने दाताहरुलाई नविल बैंक कोशी प्रदेश प्रमुख दिपक श्रेष्ठ एवं युवा व्यवसायी पंकज पटेलले प्रमाण पत्र वितरण गरेका थिए । समाजिक सेवामा अग्रसर रहँदै आएको निखिल ज्वेलर्सका संचालक उपेन्द्र सर्राफले गर्मी मौसममा रक्तदान कार्यक्रम कम हुने गरेको एवं आवश्यता बढी पर्ने गरेको कारण रक्तदान कार्यक्रमको आयोजना गरेको बताए ।

उनले निखिल ज्वेलर्सले रहेक बर्ष रक्तदान कार्यक्रम गर्दै आएको बताए । रक्तदान जीवन दान कार्यक्रममा सहभागी भई रक्तदान गर्ने सवै दाताहरुलाई सर्राफले धन्यवाद व्यक्त गरे ।

संचालक सर्राफकाे अध्यक्षतामा भएकाे कार्यक्रममा जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफ, बृजेस चौधरी, नेपाल पोष्ट डेलीका प्रबन्ध निर्देशक संतोष साह लगायतको पनि उपस्थिती रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा जिल्ला पूर्ण खोप घोषणा

कालिका टाईम्स

वीरगंज महनगर पत्रकारलाई सहयोग गर्न आपतकालिन कोषको कार्य विधि तयार गर्दै

कालिका टाईम्स

पर्सामा छाेराकाे हत्या आराेपमा आमा पक्राउ

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:191. Generation time:3.373 sec. Memory consumption:72.06 mb
Send this to a friend