KALIKATIMES.COM

प्रसौनी विर्तामा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. २३ प्रसौनी विर्तामा शनिबार नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

उपकार सेवा नेपाल संस्थाको आयोजना र प्रभु अस्पताल तथा रिसर्ज सेन्टरको प्राविधिक सहयोगमा प्रसाैनीस्थित शिव मन्दिरको प्राङगणमा शिविर सम्पन्न भएको हो ।

११४ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवस तथा महाशिवरात्रीको अवसरमा भएकाे शिविरमा दुई सय ६५ जनाको चेकजाँच गरिएको सामाजिक अभियान्ता प्रकाश थारुले जानकारी दिए । शिविरमा सहभागिहरुलाई निशुल्क औषधीसमेत वितरण गरिएको थारुले बताए ।

शिविरमा स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा. लक्ष्मी थापा गुप्ता, फिजिसियन राजु रञ्जन, नवजात तथा शिशु रोग विशेषज्ञ डा. असलम अन्सारी लगायतले स्वास्थ्य जाँच गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

रोट्रयाक्टकाे डिष्ट्रिक सेमिनार चितवनमा सम्पन्न

कालिका टाईम्स

वीरगंजबाट १० किलो गाँजासहित दुई महिला पक्राउ

कालिका टाईम्स

एमाले पर्साकाे पदाधिकारीमा अध्यक्ष शर्मा कै प्यानल विजयी

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:195. Generation time:3.329 sec. Memory consumption:72.33 mb
Send this to a friend