KALIKATIMES.COM

मानवअधिकार समाजद्वारा निःशुल्क सुगर शिविर सम्पन्न

वीरगंज । स्वतन्त्र मानवअधिकार समाज, केन्द्रीय कार्यालय वीरगंजकाे आयाेजनामा शनिबार घडिअर्वा पोखरि परिसरमा निःशुल्क सुगर शिविर सम्पन्न भएकाे छ ।

पर्सा सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल र शिव प्रसाद लम्सालले सुगर चेकजाँच गराएर शिविरको शुभारम्भ गरेका थिए ।

विशेष गरि उच्च रक्त चाप र मधुमेहको रोकथामका लागि आयोजित शिविरमा ७२ पुरुष र ३० महिला गरि एक सय २ जनाले सुगर परिक्षण गराएकाे समाजका सभापति कृष्ण कुमार खनालले जानकारी दिए ।

शिविरमा नारायणी अस्पतालका मेडिकल फिजिसियन डाक्टर उदय नारायण सिंहले बिरामीहरुको चेकजाँच गरेका थिए । 

शिविरमा समाजका उपसभापति नन्दि किशोर यादव, माहासचिव दिपक साह कानु, कोषाध्यक्ष उर्मिला कुशवाहा, सचिव आशिष कुमार, सह-कोषाध्यक्ष राम भरोस यादव, सल्लाहकार प्रकाश कुमार गुप्ता (मुन्ना ), केन्द्रीय सदस्यहरु संदिप चौरसिया, लालबाबु प्रसाद गुप्ता लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

रास्वपा पर्सा क्षेत्र नं. ४ काे आयाेजनामा निशुल्क आँखा तथा दन्त शिविर सम्पन्न

कालिका टाईम्स

निखिल ज्वेलर्सकाे आयाेजनामा रक्तदान कार्यक्रम सम्पन्न

कालिका टाईम्स

गाैतम स्कुलकाे मनाेपरी, नियम कानुनकाे धज्जी उडाउँदा पनि सम्बन्धित निकाय माैन

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:191. Generation time:3.322 sec. Memory consumption:72.01 mb
Send this to a friend