KALIKATIMES.COM

 नारायणी अस्पतालमै मृगौला प्रत्यारोपण हुने

वीरगंज । वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहको पहलमा नारायणी अस्पतालमै मृगौला प्रत्यारोपण सेवा सुरु हुने भएको छ ।

मृगौला प्रत्यारोपण सेवा सुरु गर्ने विषयमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक वरिष्ठ मृगौला तथा लिभर प्रत्यारोपण विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठसहितको टोलीसँग छलफल गर्दै नारायणी अस्पतालमै यस्तो सेवा सुरु गर्ने तयारी गरिएको हो ।

मंगलबार वीरगंज महानगरपालिका कार्यालयमा भएको छलफलमा नगर प्रमुख सिंहले मृगौला प्रत्यारोपण सेवा सुरु गर्न सबै प्रकारको भौतिक संरचना सहितको सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका हुन् । वीरगंजसहित मधेस प्रदेशको मृगौला बिग्रिएको र डायलासिसमा रहेको बिरामीलाई प्रत्यारोपण गराउन हरसम्भव सहयोग गर्ने प्रमुख सिंहले बताए ।

नारायणी अस्पतालमा इन्फेक्सन नहुने गरि अपरेसन थियटर बन्न सुरु भएपछि यहाँ आवश्यक जनशक्तिलाई सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा तालीम दिने र राष्ट्रिय प्रत्यारोपण केन्द्रको चिकित्सक सहितको समुहले मृगौलाको प्रत्यारोपण सुरु गर्ने सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका निर्देशक डा. श्रेष्ठले बताए ।

नारायणी अस्पतालको निरीक्षण आफूले गरेको र सबै मिलेर लागे केही महिना भित्रमा नै मृगौला प्रत्यारोपण हुन सक्ने निर्देशक डा.श्रेष्ठले बताए । नारायणी अस्पतालको मेडिकल सुपरिटेण्डेण्ट डा. चित्तरन्जन साहले मृगौला प्रत्यारोपण केन्द्रको सहकार्यमा चाडै मृगौला प्रत्यारोपण सेवा सुरु गराउन आफूहरुले तयारी गरेको बताए ।

वरिष्ठ उद्योगपती तथा समाजसेवी अशोक बैद्यले नारायणी अस्पतालको भौतिक संरचना र सेवामा स्थानीय उद्योगी व्यवसायीले सहयोग गर्दै आएको र मृगौला प्रत्यारोपणको लागि पनि सहयोग गर्ने बताए ।

छलफलमा स्वास्थ विटको जानकार वरिष्ठ पत्रकार अतुल मिश्र, महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल, हेल्थ टुडेका सम्पादक पदम राज जोशी, महानगरका प्रेस सल्लाहकार महेश दास, मृगौला प्रत्यारोपण केन्द्रका चिकित्सक र स्वास्थकर्मीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

रास्वपा पर्सा क्षेत्र नं. ४ काे आयाेजनामा निशुल्क आँखा तथा दन्त शिविर सम्पन्न

कालिका टाईम्स

निखिल ज्वेलर्सकाे आयाेजनामा रक्तदान कार्यक्रम सम्पन्न

कालिका टाईम्स

गाैतम स्कुलकाे मनाेपरी, नियम कानुनकाे धज्जी उडाउँदा पनि सम्बन्धित निकाय माैन

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:196. Generation time:3.818 sec. Memory consumption:72.4 mb
Send this to a friend