31.5 C
Birgunj
18 May 2025
KALIKATIMES.COM

कालिकामाईमा महिला स्वास्थ्य शिविर सम्पन्न

sawastha sibir sampan_kalikatimes

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. ३ हरिहरपुर विर्तामा शनिबार नि:शुल्क महिला स्वास्थ्य शिविर सम्पन्न भएकाे छ । श्री ने.रा.प्रा.वि. हरिहरपुरमा भएकाे स्वास्थ्य शिविरमा ४० जना गर्भावती महिला, ९९ जना अन्य महिला र ८४ जना पुरुष गरी २ सय २३ जनाले स्वास्थ्य परिक्ष गराएका छन् ।

कालिकामाई गाउँपालिकाकाे सहयाेग र सुनाैलाे नेपाल पर्साकाे आयाेजनामा भएकाे शिविरमा वीरगंज हेल्थ केयर हस्पिटका डा. एम. इजहार, डा. फिराेज अबजल, डा. रमुला साह, डा. नाैसाद अली, डा. कासिम अंसारी, डा. ईसतियाक अंसारी र डा. अखिलेश यादवले बिरामीहरुकाे चेक जाँच गरेका थिए ।

वडाध्यक्ष संजय पटेलकाे अध्यक्षतामा भएकाे कार्यक्रममा इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक चन्द्र सिंह, वडा सदस्य संजय प्रसाद, गाउँपालिकाका लेखापाल मन्दिप महताे, जाकिर हुसेन, स्वास्थ्य चाैकी हरिहरपुरका प्रमुख जमुना चाैरसिया, मंजु कुमारी देवी लगायतकाकाे सहभागिता रहेकाे थियाे ।

आयाेजक संस्थाका अध्यक्ष अमाेद कुमार केवंटले स्वागत मन्तव्य राखेकाे कार्यक्रमकाे सहजिकरण संस्थाका नरेन्द्र साहले गरेका थिए । शिविरमा स्वास्थय परिक्षण गराउने महिलाहरुलाई सेनेटरी पैड र गर्भवती महिलाहरुलाई हाेरलिस समेत वितरण गरिएकाे थियाे भने बिरामीहरुलाई नि:शुल्क औषधी समेत वितरण गरिएकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

मुक्त हरवाचरवाको सवाल सम्बोधनका लागि बजेट पैरवी अभियान सुरु

कालिका टाईम्स

वीरगंजमा निःशुल्क आँखा, कान तथा नाकको स्वास्थ्य परीक्षण शिविर सम्पन्न

कालिका टाईम्स

ठाकुरराम क्याम्पसमा शिक्षकलाई कार्यकक्षमै थुनेर विद्यार्थीको विरोध

कालिका टाईम्स
SQL requests:219. Generation time:6.720 sec. Memory consumption:82.72 mb