13 May 2025
KALIKATIMES.COM

सरकारकाे अनुमति विना संचालनमा आएकाे वयाेधा अस्पतालकाे एक पछि अर्को रहस्य खुल्दै

वीरगंज । सरकारको इजाजत विनै अवैध रुपमा वीरगंजको गण्डकमा बयोधा अस्पताल सञ्चालनमा आएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागबाट स्वीकृति लिएर मात्र अस्पताल सञ्चालनमा आउनु पर्नेमा बयोधा अस्पतालले स्वास्थ्य मन्त्रालयबाट स्वीकृति नलिएको बुझिएकाे छ ।

सो अस्पतालले सय बेड क्षमताको अस्पतालको रुपमा स्वीकृतिका लागि मन्त्रालयमा आवेदन दिएकोमा मन्त्रालयले इजाजत नदिएपछि मन्त्रालयकाे ऐन कानुनलाई अवहेलना गर्दै स्वेच्छाले आफु खुसी सञ्चालकहरुले अस्पताल संचालन गरेका छन् । अस्पतालले स्वीकृति नपाउँदा अस्पताल संचालकका स्थानिय साझेदारहरुकाे बलमा स्थानिय तहको स्वीकृतिको भरमा अस्पताल चलेको छ ।

स्थानिय तहबाट स्विकृति लिई संचालनमा आएका अस्पतालहरुले विशिष्ट किसिमका राेगकाे परिक्षण र सल्यक्रिया गर्न नपाउने कानुनी बाध्यता हुदाहुदै पनि उक्त बाध्यताहरुलाई दरकिनार गर्दै सबै किसिमका सेवा प्रदान गरी सिंगाे नेपाल सरकार तथा स्वास्थ्य मन्त्रालयलाई अस्पतालका संचालकहरुले चुनाैति दिइरहे पनि सम्बन्धित निकाय चुपी साध्नु बुझि नसक्ने भएकाे छ ।

अस्पताल संचालकहरुले दुई तह गरी ओपनिङ्ग र ग्रेन्ड ओपनिङ्ग गरी वीरगंजका विभिन्न ख्याती प्राप्त अस्पतालहरु भन्दा सहज र सुलभ ढंगले उपचार गर्ने बताइए पनि उक्त अस्पतालमा नगन्य मात्रामा पुग्ने विरामीहरुबाट नेपाल सरकार स्वास्थ्य विभाग र मेडिकल ल्याब एशाेसियसन अफ नेपाल (मेलान) काे दर रेट विपरित चक्राे शुल्क अशुल्दै आएकाे एक पिडित बिरामीका कुरुवाले वताए ।

भडकिलाे भाैतिक संरचना र गुणस्तरहिन सेवा सुविधा दिएर अस्पतालले बारा, पर्सा तथा यस क्षेत्रका गरिव जनताकाे ढाड सेक्नुकाे साथै अस्पतालकाे नाममा स्थानिय मुख्य संचालक अशाेक बैधकाे गाेरख धान्दालाई अस्पताल मार्फत संरक्षण गर्ने मुख्य याेजना रहेकाे समाचार स्राेतले जनाएकाे छ ।

भारतबाट बसाई सरि सप्तरीबाट नेपाली नागरिक्ता लिएका गैर नागरिक किष्णा रुंगटा अस्पतालका मेन्टिनेश अफिसरकाे रुपमा रहनु भन्दा पनि वीरगंज अवस्थित विभिन्न एमबुलेन्स चालक देखी लिएर दलाल चिकित्सकहरुलाई कमिशनकाे प्रलाेभन देखाई विरामीहरुलाई बयाेधा अस्पतालमा भित्र्याउने अभियानमा सक्रिय रहेकाे अस्पतालका एक कर्मचारीले नाम नउलेख गर्ने शर्तमा वताएका छन् ।

यस बिषयमा अस्पतालका विभिन्न जिम्मेवार व्यक्त्तिहरु संग फाेन सम्पर्कमा बुझ्न पटक पटक प्रयास गर्दा पनि कसैले केही बताउन चाहेनन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

कलैया उपमहानगरपालिका ‘पूर्ण खोप सुनिश्चितता’ भएको पालिका घोषणा

न्युज डेस्क

मन्त्री यादवले गरे कलैया ८ मा खानेपानी आयोजनाको उद्घाटन

न्युज डेस्क

मिस्टर नेसनल २०२५ मा अजहर आलमको दोहोरो विजयी यात्रा

न्युज डेस्क
SQL requests:215. Generation time:8.553 sec. Memory consumption:82.47 mb