37.5 C
Birgunj
12 May 2025
KALIKATIMES.COM

पटेर्वा सुगौली गाउँपालिका अध्यक्ष सहितकाे जनप्रतिनिधि विदेश भ्रमणमा

paterwa sugawali_kalikatimes

वीरगन्ज । पर्साको पटेर्वा सुगौली गाउँपालिकाको अध्यक्षसहित सम्पूर्ण पदाधिकारीहरु कामकाज छोडेर विदेश भ्रमणमा निस्केका छन् ।

गाउँपालिका अध्यक्ष, वडा नम्बर १ देखि ५ नं. सम्मका वडा अध्यक्ष, गाउँपालिका सदस्य, प्रशासकिय अधिकृत, इन्जिनियरलगायतका पदाधिकारीदेखि कर्मचारीसम्म १५ जनाको टोली एकैसाथ विदेश भ्रमणमा निस्केका हुन् ।

गाउँपालिकाका अध्यक्ष हरिनारायण चौधरीको नेतृत्वमा रहेको जम्बो टोली थाईल्याण्ड, मलेसिया, कम्बोडिया र सिंगापुरको भ्रमणमा गएका हुन् ।

भ्रमण टोलीमा चौधरीसहित गाउँपालिकाका निमित्त प्रशासकिय अधिकृत भुजेन्द्रप्रसाद यादव, वडा नं. १ का अध्यक्ष फरमान मिया अन्सारी, २ नं. वडाका अध्यक्ष विजय गैरे, वडा नं. ३ का अध्यक्ष माधव राउत थारु, ४ नं. वडाका अध्यक्ष राजेश्वर महतो थारु, वडा नं. ५ का वडा अध्यक्ष मोतिलाल साह रहेका छन् ।

त्यसैगरी गाउँपालिकाका सदस्यद्धय विपिन मुखिया, दिपक कुमार रसाइली, गाउँपालिकाको योजना, प्रशासन, शिक्षा स्टोर शाखाका अधिकृत शम्भुप्रसाद साह, सिभिल इन्जिनियर प्रदीप चौरसिया, उर्जा तथा वातावरण अधिकृत निर्मलकुमार सिंह, लेखापाल वीरेन्द्रप्रसाद साह, प्रशासन तथा योजना शाखाका नासु राजकुमार महतो र खरिदार वीरेन्द्रप्रसाद चौधरी छन् ।

भ्रमण टोलीमा महिला भने एकजनालाई पनि सहभागीता गराइएको छैन । गाउँपालिकाका अध्यक्ष चौधरीले कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष ममता महतोलाई दिएका छन् । उपाध्यक्ष महतोले अध्यक्ष नेतृत्वको जम्बो टोलीसहित के उदेश्य लिएर विदेश भ्रमणमा निस्किएका हुन् आफूलाई केही जानकारी नभएको बताइन् ।

गाउँपालिकाको सम्पूर्ण जिम्मेवार व्यक्तिनै विदेश भ्रमणमा रहेकाकारण गाउँपालिका र त्यस अन्तर्गतका वडा कार्यालयहरु सुनसान बनेको छ । काम लिएर गएका सेवाग्राही गाउँपालिका र आफ्ना सम्बन्धित वडा कार्यालयहरुको ढोकामा पुगेर निराश भएर फर्किन बाध्य भएका छन् ।

कार्यालय कुरेर बसेका तल्ला तहका कर्मचारीहरु गाउँपालिका अध्यक्ष, पदाधिकारीहरु हुनुहुन्न पछि आउनु भन्दै सेवा लिन आउँने सेवाग्राहीलाई फर्किन आदेश दिइरहेको भेटिन्छ । तल्ला कर्मचारीहरु पनि शितलहरमा आगो तापेर दिन काटिरहेका छन् ।

विगत एक सातादेखि निरन्तर चिसो बढेसंगै गाउँपालिकाको स्थानीय जनता जाडोले प्रभावित भएपनि अध्यक्ष लगायत पदाधिकारी नहुँदा राहत वितरण गर्न सकेको छैन । नामको लागि मात्र जिम्मेवारी तोकिए पनि गाउँपालिका उपाध्यक्ष चौधरीले भनिन्, अत्यधिक जाडोका कारण दलित लगायत गरिब जनताको दैनिकी कष्टकर बन्दै गएको छ ।

समयमा राहत सामाग्रीे उपलब्ध नहुँदा जनता पीडामा परेका छन् ।

पुस २ गते भ्रमणमा निस्किएको जम्बो टोली एक सातापछि ११ गते मात्रै फर्किने कार्यक्रम रहेको बताइएको छ । गाउँपालिकको भ्रमण शीर्षकमा १० लाख रुपैयाँ मात्र विनियोजन गरिएको छ । तर स्रोतका अनुसार भ्रमणका लागि प्रतिव्यक्ति २ लाख ५० हजार रुपैया खर्च गरिएको छ ।

भ्रमण शीर्षकमा विनियोजन गरिएको रकम भन्दा तेब्बर अर्थात कुल ३७ लाख ५० हजार हुन आउँछ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

बुद्ध जयन्तीको अवसरमा भिस्वा डाँडामा सरसफाई

कालिका टाईम्स

प्रेस सेन्टर पर्साद्वारा सिडिओलाई ज्ञापन

कालिका टाईम्स

नयाँ लुगा किनिदिने प्रलोभनमा पारी नाबालिकालाई यौनधन्दामा लगाउने महिला वीरगंजबाट पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:7.009 sec. Memory consumption:82.46 mb