वीरगंज । वीरगंज महानगरपालिकाले पनि विद्यालयहरुमा हिउँदे विदा दिएकाे छ । महानगरले सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा १० दिन हिउँदे विदा दिइएकाे हाे ।
महानगरपालिकाकाे मिति २०७६ पुस ६ गतेकाे निर्णय अनुसार मिति २०७६ पुस ९ गते देखी १८ गते सम्मकाे लागि विदा दिएकाे शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्द लाल कर्णले वताए ।
मौसम प्रकाेपका कारण अत्यधिक चिसाे बढदै गएकाेले बालबालिकाहरुकाे स्वास्थ्य बिग्रने अवस्था देखिएकाेले विदा दिइएकाे महानगरले एक सुचना जारी गर्दै जानकारी गराएकाे छ ।
माैसम अनकुल भएमा विदा रद्द हुने गरी वर्षे विदाबाट मिलान हुने गरी हिउँदे विदा गरिएकाे कर्णद्वारा हस्ताक्षरित सुचनामा उलेख गरिएकाे छ ।
प्रतिक्रिया लेख्नुहोस