12 May 2025
KALIKATIMES.COM

पाेखरिया नगरपालिकाका विद्यालय ५ दिनकाे लागि बन्द

pokhariya nagarpalika _kalikatimes

वीरगञ्ज । अत्याधिक चिसो बढेपछि पर्साको पाेखरिया नगरपालिकाका विद्यालय ५ दिनकाे लागि बन्द हुने भएकाे छ । पढन र पढाउन ग्राहाे भएकाे हुदाँ बर्षे विदाबाट कट्टा हुने गरी नगरपालिकाकाले मिति २०७६ मंसिर ६ गते देखी १० गते सम्मकाे लागि विद्यालयमा विदा दिएकाे हाे ।

नगरपालिका अन्तर्गतका सम्पूर्ण विदालयहरुमा आइतबार देखी बिहिवार सम्मकाे लागि विदा दिइएकाे नगरपालिकाका निम्मित प्रमुख प्रशासकिय अधिकृत संजय कुमार पाण्डेले वताए ।

यस्तै बिन्दवासिनी गाउँपालिकाका विद्यालय एक साताका लागि बन्द गरिएको छ । चिसोका कारण बालबालिकालाई पठन पाठनमा समस्या भएपछि गाउँपालिका प्रमुख श्रीलाल साह कानु, शिक्षक संघ संगठनको आग्रहमा एक साताका लागि विद्यालय बन्द गरिएको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।

पुस ४ गते शुक्रबारदेखि पुस ८ गतेसम्म जाडो विदा दिने निर्णय गरेको छ भने पुस ९ गते क्रिसमस डेको अवसरमा पनि विदा दिने निर्णय गरेको छ । यस्तै पुस १० गते सूर्य ग्रहण लाग्ने भएकोले सो दिन पनि विदा दिने सूचना जारी गरिएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुजित साहले क्रिशमस र सुर्यग्रहण समेत गरि एक साताका लागि विद्यालय बन्द गरिएको बताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

बुद्ध जयन्तीको अवसरमा भिस्वा डाँडामा सरसफाई

कालिका टाईम्स

प्रेस सेन्टर पर्साद्वारा सिडिओलाई ज्ञापन

कालिका टाईम्स

नयाँ लुगा किनिदिने प्रलोभनमा पारी नाबालिकालाई यौनधन्दामा लगाउने महिला वीरगंजबाट पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:4.153 sec. Memory consumption:82.43 mb