12 May 2025
KALIKATIMES.COM

रेडियाे वीरगंजकाे बार्षिकाेत्सवमा प्रदेश सांसद साह सहित ३ सय ५५ जनाद्वारा रक्त्तदान

rakatdan karyakarm_kalikatimes

वीरगंज । रेडियाे वीरगंज एफएमकाे १७ औं बार्षिकाेत्सवकाे अवसरमा आयाेजित रक्त्तदान कार्यक्रममा ५३ महिला सहित ३ सय ५५ जनाले रक्त्तदान गरेका छन् ।

रेडियाेका कार्यकारी अध्यक्ष ध्रुव साहकाे अध्यक्षतामा भएकाे रक्त्तदान कार्यक्रममा प्रदेश सांसद राजेशवर प्रसाद साह, भिजिट मधेशका संयाेजक ओमप्रकाश सरार्फ, नेतृ रेखा साह, तरुण दल बाराका अध्यक्ष लुकेश सिंह, रामजी प्रसाद साह, निरंजन साह, रामबाबु ठाकुर, मन्ताेष यादव, जुबेर आलम, अनिल पटेल पुस्कर कार्की, जाकिर हुसेन, राजेश मिश्रा लगायतकाले रक्त्तदान गरेका छन् ।

रेडियाे परिसरमा भएकाे रक्त्तदान कार्यक्रममा प्रदेश २ का भाैतिक पुर्वधार तथा यातायात मन्त्री जितेन्द्र साेनल, नेकपाका पर्सा अध्यक्ष प्रभु हजरा, नेपाली कांग्रेसका पर्सा सभापति रामनरेश यादव लगायतकाकाे सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

बुद्ध जयन्तीको अवसरमा भिस्वा डाँडामा सरसफाई

कालिका टाईम्स

प्रेस सेन्टर पर्साद्वारा सिडिओलाई ज्ञापन

कालिका टाईम्स

नयाँ लुगा किनिदिने प्रलोभनमा पारी नाबालिकालाई यौनधन्दामा लगाउने महिला वीरगंजबाट पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:8.580 sec. Memory consumption:82.44 mb