33.6 C
Birgunj
10 May 2025
KALIKATIMES.COM

पर्सामा एक वडाध्यक्ष कुटिए, कुटपिट गरेकाे आराेपमा २ जना पक्राउ

adadhyakx kanu_kalikatimes_n
स्थानियद्वारा कुटिएका वडाध्यक्ष विनाेद साह कानु

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिका वडा नं. ३ जयमंगलापुरका वडाध्यक्ष विनाेद साह कानु स्थानियद्वारा कुटिएका छन् । वडा कार्यालय मै मंगलबार दिउसाे भएकाे एक विवाद झडपमा परिणत हुदा वडाध्यक्ष कानु कुटिएका हुन् ।

कुटपिट गरेकाे आराेपमा २ जनालाई प्रहरीले पक्राउ समेत गरेकाे छ । घटना बारे अनुसन्धान गर्न स्थानिय वृजेश मुखिया विन र अनिश कुमार साहलाई वुडगाई प्रहरी चाैकीले नियन्त्रणमा लिएकाे इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक चन्द्र सिंहले वताए ।

वडा कार्यालयमा मंगलबार दिउसाे १ बजे पुगेकाे सेवाग्राही र वडाध्यक्ष कानु विच विवाद हुदा झडप समेत भएकाे स्थानियहरुले वताएका छन् ।

स्थानियहरुका अनुसार वडा कार्यालयमा सेवाग्राही पुग्दा वडाअध्य कानु र वडा कार्यालयकी सहयाेगी महिला एउटा काेठामा बसेका थिए । दुबै जना रहेकाे काेठाकाे ढाेका वडा कार्यालय पुगेका सेवाग्राहीले खाेल्दा वडाध्यक्ष कानु गालीगलाैज गर्न थाले पछि हुहल्ला भएकाे थियाे ।

हल्ला सुनेर वडा कार्यालयमा जम्मा भएका स्थानियहरु वडाध्यक्ष कानुलाई कुटपिट गरेका हुन् । यसका साथै वडा कार्यालय पुगेका २ जना गाउँपालिका प्रहरी समेत कुटिएकाे समाचार प्राप्त भएकाे छ । गाउँपालिका कार्यालयबाट वडा कार्यालय पुगेका गाउँपालिका प्रहरी विकाउ साह र दिलिप यादव पनि कुटिएका हुन् ।

गाउँपालिका कार्यालयबाट पुगेका गाउँपालिका प्रहरीहरुले स्थानियहरु माथी जाईलागे पछि स्थानियहरु तिनिहरुलाई समेत कुटपिट गरेका थिए ।

यस बिषयमा इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक सिंह संग बुझ्दा घटना बारे भाेली मात्र बिस्तृत बताउन सकिने वताए । कर्मचारी माथी कुटपिट भएकाे बुझ्नमा आएकाे वताउदै उनले साेही बिषयमा अनुसन्धान गर्न वुडगाई प्रहरी चाैकीले २ जना युवालाई पक्राउ समेत गरेकाे वताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:6.274 sec. Memory consumption:82.49 mb