31.5 C
Birgunj
13 May 2025
KALIKATIMES.COM

मेयर कल्याणकारी काेषबाट संचालित आँखा शिबिर छपकैयामा सम्पन्न

chhapkaiyama sibir_kalikatimes

बिरगंज । वीरगंज महानगरका मेयर कल्याणकारी कोषद्धारा संचालित आँखा शिविर आज बिरगंजकाे बजार छपकैयामा सम्पन्न भएकाे छ । मेयर कल्याणकारी काेषद्वारा अभियानकै रुपमा संचालित निशुल्क आँखा शिबिर वीरगंज महानगरपालिकाकाे वडा नं. १ छपकैयामा सम्पन्न भएकाे हाे ।

श्री पंडित राम्देनी अधारभुत बिधालय छप्कैयामा भएकाे  शिविरमा २ सय २ जनाले आँखा परिक्षण गराएकाे मेयरका राजनितिक सलाहकार मुकेश द्विवेलीले वताउनुभयाे । जस मध्ये ५१ जनामा माेतियाविन्द फेला परेकाे द्विवेदीले जानकारी गराउनुभयाे ।

शिविरकाे उदघाटन महानगरपालिकाका मेयर विजय कुमार सरावगीले गर्नु भएकाे थियाे । शिविरकाे उदघाटन गर्दै मेयर सरावगीले आर्थिक अभावमा काेई पनि आँखाकाे उपचारबाट बंचित नहाेस भन्ने उद्देश्यले आँखा शिविर संचालन गरिएकाे वताउनुभयाे ।

नगर प्रमुख सरावगीले शिविरमा फेला परेका मोतीयाबिन्दको नि:शुल्क शल्यक्रिया समेत गरिने वताउनु भयाे । शिविर अन्तर्गत माेतियाविन्द फेला परेका सम्पूर्णकाे बस सेवा मार्फत मतृका आइ फाउन्डेसनमा पुर्याई मंसिर २७ गते देखि पुष ३ गते सम्म शल्यक्रिया गरिने मेयर सरावगीले जानकारी गराउनु भयाे ।

मातृका आइ फाउन्डेसनको सहयोगमा बिरगंज महानगरपालीका मेयर कल्याणकारी कोषद्वारा शिबिर संचालन हुदै आएकाे छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मनोज साहको अध्यक्षतामा भएकाे शिविरमा मेयरका राजनितिक सल्लाहकार मुकेश दुबेदी, दिनेश साह, वडा न ३ का वडा अध्य्क्ष बैजुलाल स्वर्णकार, श्री पंडित रामदेनी तिवारी अधारभुत विद्यालयका प्रअ चन्देश चाैहान लगायत विभिन्न दलका स्थानिय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

कलैया उपमहानगरपालिका ‘पूर्ण खोप सुनिश्चितता’ भएको पालिका घोषणा

न्युज डेस्क

मन्त्री यादवले गरे कलैया ८ मा खानेपानी आयोजनाको उद्घाटन

न्युज डेस्क

मिस्टर नेसनल २०२५ मा अजहर आलमको दोहोरो विजयी यात्रा

न्युज डेस्क
SQL requests:215. Generation time:5.875 sec. Memory consumption:82.46 mb