31.5 C
Birgunj
13 May 2025
KALIKATIMES.COM

वीरगन्जमा पाँच हजार रुख रोपिने अभियान सुरु

mayer sarawagi_kalikatimes

वीरगन्ज । बढ्दो वायु प्रदुषणलाई कम गर्ने उदेश्यका साथ वीरगन्जमा पाँच हजार रुख रोपिने अभियानको आज देखि सुरुवात भएको छ ।  लायन्स क्लब अफ वीरगन्ज गेटवेलको अयोजनामा वीरगन्जको नगवामा अवस्थित फोहर व्यवस्थापन केन्द्रमा विभिन्न प्रजातिका पाँच सय रुख रोपिदै सो अभियानको थालनी गरिएको हो ।

 लायन्स क्लब अफ वीरगन्ज गेटवेलले आयोजना गरेको कार्यक्रममा वीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगीले रुख रोपि उक्त अभियानको सुरुवात गर्नु भएको हो । नगवामा निर्माण भइरहेको फोहर व्यवस्थापन केन्द्रबाट उत्षर्जन हुने वायु प्रदुषणलाई कम गर्न उक्त स्थानमा बढी अक्सिजन उत्सर्जित गर्ने प्रजातिका रुख रोपिन लागिएकोे आयोजकले जनाएका छन् ।

कार्बनडाई अक्साइडलाई ग्रहण गर्दै बढी अक्सिजन उत्पादन गर्ने निम, पिपल, अमला लगाय विभिन्न प्रजातिका पाँच हजार रुख रोपिने योजना रहेको लायन्स क्लब अफ वीरगन्ज गेटवेका अध्यक्ष डा. महेश्वर प्रसादले जानकारी दिनुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख सरावगीले बढ्दो वायु प्रदुषणलाई नियन्त्रण गर्न वृक्षारोपन वाहेको अर्को विकल्प नभएकाले महानगर भित्र रहेका प्रतेक घरमा कम्तीमा चारवाट रुख अनिवार्यरुपमा  रोपनु पर्ने महानगपालिकाले कानुन बनाएको बताउनुभयो ।

लायन्सले सुरु गरेको उक्त अभियान अन्र्तरगत एक महिना भित्र वीरगन्जको विभिन्न स्थानमा पाँच हजार रुख रोपिने योजना रहेको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

कलैया उपमहानगरपालिका ‘पूर्ण खोप सुनिश्चितता’ भएको पालिका घोषणा

न्युज डेस्क

मन्त्री यादवले गरे कलैया ८ मा खानेपानी आयोजनाको उद्घाटन

न्युज डेस्क

मिस्टर नेसनल २०२५ मा अजहर आलमको दोहोरो विजयी यात्रा

न्युज डेस्क
SQL requests:215. Generation time:5.372 sec. Memory consumption:82.46 mb