35.2 C
Birgunj
12 May 2025
KALIKATIMES.COM

मेयर कल्याणकारी कोषकाे आँखा शिविर रघुनाथपुरमा सम्पन्न

aankha sibir sampan_kalikatimes

वीरगंज । पर्साकाे पर्सागढि नगरपालिका वडा नं. ७ रघुनाथपुरमा आज नि:शुल्क आँखा शिबिर सम्पन्न भएको छ । वीरगंज महानगरपालीका मेयर कल्याणकारी कोष र मातृका आइ फाउन्डेसनको सहयोगमा भएकाे अँखा शिबिर सम्पन्न भएकाे हाे ।

शिविरमा ३ सय ८१ जनाको OPD आँखा परिक्षण भएको मेयरका राजनितिक सलाहका मुकेश द्विवेदीले वताउनु भयाे । जस मध्ये एक ७० जनामा मोतियाबिन्द फेला परेकाे द्विवेदीले जानकारी गराउनु भयाे । मोतियाबिन्द निस्केको बिरामीहरुको मंसिर २९ गते मातृका आइ फाउन्डेसनमा फाउन्डेसनमा काठमाडौंका बरिस्ठ चिकित्सकहरुकाे टोलिद्वारा शल्यक्रिया गरिने समेत द्विवेदीले वताउनु भयाे ।

sibirma sahabhagi_kalikatimes

जयराजपुर स्कुलमा  भएकाे आँखा शिबीरकाे उदघाटन बिरगंज महानगरपालिका मेयर विजय कुमार सरावगीले गर्नु भएकाे थियाे । वडाध्यक्ष राजजी साह तेलीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा समाजबादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादव, मेयरका राजनीतिक सल्लाहकार मुकेश कुमार द्विवेदी, पर्सागढि समाजबादी पार्टीका नगर अध्यक्ष खुर्शेद आलम, नेता बृजमोहन चौधरी, जितेन्द्र मिश्र, धुरुब गिरि नरेन्द्र पतेल, बहुदरमाइ समाजबादी पार्टी नगर अध्यक्ष सिङघासन साह तेलि, नेता बिपिन यादव, नेता पिन्तु उपाध्याय, अजय साह, मतृका आइ फाउन्डेसनका डा. महेश सिंह धामी लगायतको उपस्थिति रहेको थियोे ।

यस्तै मंसिर २१ गते सनिवार वीरगंज महानगरपालिकाकाे वडा नं. २७ सुगौली बिर्ता स्कुलमा बिहान ८ बजे देखी नि:शुल्क आँखा शिविर संचालन हुनेछ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

कलैया उपमहानगरपालिका ‘पूर्ण खोप सुनिश्चितता’ भएको पालिका घोषणा

न्युज डेस्क

मन्त्री यादवले गरे कलैया ८ मा खानेपानी आयोजनाको उद्घाटन

न्युज डेस्क

मिस्टर नेसनल २०२५ मा अजहर आलमको दोहोरो विजयी यात्रा

न्युज डेस्क
SQL requests:216. Generation time:3.787 sec. Memory consumption:82.46 mb