35.2 C
Birgunj
12 May 2025
KALIKATIMES.COM

मेडिकल विद्यार्थीहरुले दिएको हातपातविरुद्धको उजुरी प्रहरीले दर्ता गर्न मानेन

वीरगंज । नेशनल मेडिकल कलेजमा एमबीबीएस प्रथम वर्षमा अध्ययनरत विद्यार्थीले आफुहरुमाथि हातपात गर्ने व्यक्तिलाई कारवाही गर्न मंगलवार  दिएको उजुरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ।

पीडित  विद्यार्थी धनबहादुर तामाङको नेतृत्वमा गएको टोलीले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएको थियो। उजुरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको जनाउँदै तामाङले भने,‘ हातपात गरेको भिडियो क्लिप देखाउँदासमेत उजुरी दर्ता गर्न मानेनन।’

कलेजको छात्रावासमा असुरक्षित महसुस भएपछि उजुरी दिन गएको उनले बताए। उजुरी दर्ता नगरी प्रहरीले  नेत्रविक्रम चन्दका छोराको उक्साहटमा लागेर उजुरी नगर्ने धम्काएको पीडित विद्यार्थीले जनाएका छन्।

कलेजले उठाएको अतिरिक्त शुल्क फिर्ता हुनुपर्ने माग राख्दै आन्दोलनरत विद्यार्थीमाथि हातपात गरिएको हो। कलेजको गेट नम्बर–२ बाट प्रवेश गरेर केही व्यक्तिले हातपात गरेको दाबी विद्यार्थीले गरेका छन्। उनीहरुले ज्यान मार्ने धम्की दिएको पीडित विद्यार्थी तामाङले बताए। सभार : अन्पुर्णपोस्ट

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

कलैया उपमहानगरपालिका ‘पूर्ण खोप सुनिश्चितता’ भएको पालिका घोषणा

न्युज डेस्क

मन्त्री यादवले गरे कलैया ८ मा खानेपानी आयोजनाको उद्घाटन

न्युज डेस्क

मिस्टर नेसनल २०२५ मा अजहर आलमको दोहोरो विजयी यात्रा

न्युज डेस्क
SQL requests:215. Generation time:8.151 sec. Memory consumption:82.46 mb