31.5 C
Birgunj
13 May 2025
KALIKATIMES.COM

सोनार समाजले गढीमाई मेलाका श्रद्धालुहरुको लागि निशुल्क भोजन र बाँस दिने

वीरगन्ज । नेपाल सोनार समाज सेवा समिति केन्द्रिय कार्यालय ललितपुर र नेपाल सुनचाँदी व्यवसायी महासंघ प्रदेश नम्बर २ ले पञ्चवर्षीय गढीमाई मेलामा निशुल्क भोजन भण्डारा र बाँसको व्यवस्थापन गरेको जनाएको छ । बाराका सोनार समाज र सुनचाँदी व्यवसायको व्यवस्थापनमा यही मंसिर १५ र १६ गते निशुल्क भोजन तथा बाँसको व्यवस्थापन गर्न लागिएको हो ।

समाजले आयोजना गरेको धार्मिक कार्यमा सहयोग गर्न आग्रह समेत गरिएको छ । हरेक पाँचबर्षमा एक महिनासम्म लाग्ने गढीमाई मेलामा भक्तजहरुको सेवालाई मध्यनजर गर्दै निशुल्क भोजन भण्डारा र बाँसको व्यवस्थापन मिलाईएको समाजका राष्ट्रिय उपाध्यक्ष शिव कुमार सर्राफले बताए ।

मेलामा दर्शन तथा भाकल गर्न आउँने स्वजातिय सहित अन्य समुदायका व्यक्तिहरुलाई समेत निशुल्क रुपमा संस्थाले उपलब्ध गराउँने सम्पूर्ण सेवाहरु प्रदान गरिने छ । गढीमाई मेलालाई दक्षिण एसियाकै एक ठुलो मेलाको रुपमा लिने गरीन्छ ।

मेलामा करोडौं दर्शनार्थीहरु देश तथा विदेशबाट पूजा तथा भाकल गर्न आउने गर्दछन् । सुनचाँदी व्यवसायीहरुले आफ्नो सामाजिक कार्यलाई समेत अघि बढाउनुपर्छ भन्ने उद्देश्यले निशुल्क भोजन तथा बसोवासको व्यवस्था गरिएको उपाध्यक्ष सर्राफले बताए । उनले भने यसलाई सफल बनाउँन स्वजातियले सक्दो सहयोग गर्नुपर्छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

कलैया उपमहानगरपालिका ‘पूर्ण खोप सुनिश्चितता’ भएको पालिका घोषणा

न्युज डेस्क

मन्त्री यादवले गरे कलैया ८ मा खानेपानी आयोजनाको उद्घाटन

न्युज डेस्क

मिस्टर नेसनल २०२५ मा अजहर आलमको दोहोरो विजयी यात्रा

न्युज डेस्क
SQL requests:215. Generation time:5.405 sec. Memory consumption:82.46 mb