12 May 2025
KALIKATIMES.COM

वीरगंज महानगरकाे निर्माण योजनाले तिब्रता पाए

sadak nirman_kalikatimes

वीरगंज । वीरगंज महानगरपालिकाको जनप्रतिनिधिहरुको सक्रियता पछि संधन सहरी योजनाले तिब्रता लिएको छ । नगर प्रमुख विजय कुमार सरावगीको अध्यक्षमा  बसेको त्रिपक्षीय बैठकले सधन सहरीयोनालाई तिब्रता दिने निर्णय पश्चात  महानगरपालिका मित्र रहेका सडक तथा नाला निर्माण कार्यलाई तिब्रता दिइएको हो ।

महानगरपालिकाका जनप्रतिनिधि, सधन सहरी एवं भवन कार्यालय र ठेक्केदार पक्ष विच भएको छलफलमा आएका सवै अवरोधहरुलाई बल पुर्वक समाधान गर्ने सहमती भएको थियो । स्थानिय वडा वासिहरुद्धारा उत्पन्न गरिएको अवरोधहरुलाई अबिलम्ब समाधान गर्न वडाअध्यक्षहरुलाई नगर प्रमुख सरावगीले दिएको निर्देशन पक्ष्चात निर्माण कार्यमा तिब्रता आएको हो ।

यसैगरी महानगरपालिकालाई जिल्लासगं जोडने महानगरपालिकाको मुटुकै रुपमा रहेको  घण्टाघर – रानीघाट हुदै रामगढवामा हुलाकि सडकसगं जोडने सडक तथा नाला निर्माणको  कामले तिब्रता पाएको छ । ठेकदारले  निर्माणठेक्का लिएको तिन बर्षसम्म पनि बाटो निर्माणका कार्यलाई सुरु नगरेको कारण जिल्लाको ग्रामिण भेगबाट आवागमन गर्ने सवारी एवम जिल्लावासीलाई ठुलो सास्ती भोगनु परेको थियो ।

रानीघाटका स्थानियहरुले नगरप्रमुख विजयकुमार सरावगीलाई गुनासो गरेपछि  सरावगीको पहलमा वीरगन्जको घण्टाघर देखि रानीघाटको पुल जाने बाटो निर्माणका  कामले तिब्रता पाएको हो । काम सुरु भएको देखेर रानीघाटका स्थानियहरु चौकमा जम्मा भई नगरप्रमुख सरावगीलाई धन्यबाद समेत दिएका छन ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

बुद्ध जयन्तीको अवसरमा भिस्वा डाँडामा सरसफाई

कालिका टाईम्स

प्रेस सेन्टर पर्साद्वारा सिडिओलाई ज्ञापन

कालिका टाईम्स

नयाँ लुगा किनिदिने प्रलोभनमा पारी नाबालिकालाई यौनधन्दामा लगाउने महिला वीरगंजबाट पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:5.316 sec. Memory consumption:82.43 mb