31.5 C
Birgunj
13 May 2025
KALIKATIMES.COM

प्लास्टिक मुक्त वीरगंज घोषणा सफल बनाउन जनप्रतिनिधिलाई एसएमएस

hamro birgunj ramro birgunj_kalikatimes
प्लास्टिक मुक्त्त वीरगंज घाेषणा सफल बनाउन अभियान्ताहरु जनप्रतिनिधिलाई एसएमएस गर्दै । तस्बिर : कालिका टाईम्स

वीरगंज । हाम्रो वीरगंज राम्रो वीरगंज अभियानले आज वीरगंज महानगरपालिकाका जनप्रतिनिधिलाई एसएमएस पठाएको छ ।

अभियानले तपाईले घोषणा गरेको प्लास्टिक मुक्त्त वीरगंज सफल भयो ? भको छैन भने तपाईको केही भुमिका छ कि ? घोषणा मात्र उद्देश्य थियो र ? लेखेको एसएमएस वीरगंज महानगरपालिकाका मेयर विजय सरावगी, उप मेयर शान्ति कार्की सहित महानगरका सबै वडा अध्यक्षहरुलाई पठाएको हो ।

वीरगंजको घण्टाघरमा जम्मा भएका अभियान्ताहरुले एक साथ आ आफ्नो मोबाईलबाट सबै जनप्रतिनिधिहरुलाई एसएमएस पठाएका हुन् ।

नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहान, उपाध्यक्ष केशी लामिक्षाने, अधिवक्ता कमल मोहन पोखरेल, अभियान्ता राकेश यादव, शिवनाथ यादव, निरज पिठाकोठे मगर, कविता खड्का, राजन श्रीवास्तव, सुरेश विडारी, महिमा चौधरी, शम्भु कुमार सुमन, रिषु श्रीवास्तव, सन्धया पाैडेल लगायतकाले प्लास्टिक मुक्त वीरगंज घोषणा सफल बनाउन दबाव दिन जनप्रतिनिधिहरुलाई एसएमएस पठाएका हुन् ।

यस अघि अभियानले वीरगंजको माईस्थान चाेकमा प्लस्टिकको झोला प्रयोग नगर्न आग्रह गर्दै प्रदर्शन समेत गरेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

कलैया उपमहानगरपालिका ‘पूर्ण खोप सुनिश्चितता’ भएको पालिका घोषणा

न्युज डेस्क

मन्त्री यादवले गरे कलैया ८ मा खानेपानी आयोजनाको उद्घाटन

न्युज डेस्क

मिस्टर नेसनल २०२५ मा अजहर आलमको दोहोरो विजयी यात्रा

न्युज डेस्क
SQL requests:215. Generation time:5.140 sec. Memory consumption:82.45 mb