35.2 C
Birgunj
12 May 2025
KALIKATIMES.COM

कालिकामाई गाउँ कार्यपालिकाको कार्यालय मुडलीबाट हरिहरपुरमा सारियो

kalikamai gapa_kalikatimes

वीरगंज । पर्साको कालिकामाई गाउँ कार्यपालिकाको कार्यालय मुडलीबाट हरिहरपुरमा सरेको छ । वडा नं. १ मुडलीबाट संचालन हुदै आएको गाउँ कार्यपालिकाको कार्यालय वडा नं. ३ हरिहरपुरमा सरेको हो ।

साबिक गाबिस कार्यालयकाे हरिहरपुरकाे भवन हालकाे वडा नं. ३ को कार्यालयकाे भवनमा गाउँ कार्यपालिकाको कार्यालय संचालनमा आएको वडा नं. ५ का वडाध्यक्ष पवन तिवारीले वताउनु भयो । केही दिन पहिला देखी नै वडा कार्यालयको भवनलाई गाउँ कार्यपालिकाको कार्यालय संचालनको लागि मर्मत तथा रंग रोहनको काम थालिएको थियो । काम पुरा भए लगतै गाउँपालिका अध्यक्ष नथुनी प्रसाद कुशवाहाद्वारा उदघाटन भए पछि विध्वत कार्यालय संचालनमा आएको वडाध्यक्ष तिवारीले जानकारी गराउनु भयो ।

कार्यालय शुभारम्भ कार्यक्रममा प्रमुख प्रशासकिय अधकृत राजु साह, वडा नं. ३ का वडाध्यक्ष संजय कुमार पटेल लगायत कर्मचारी र केही स्थानियहरुको सहभागिता रहेको थियो ।

२०७५ असार चैतमा गाउँ सभाकाे बहुमत सदस्यले हरिहरपुर स्थित रहेको कालिकामाई मन्दिर नजिक गाउँ कार्यपालिकाको कार्यालय सार्न निर्णय गरेको थियो ।

सो निर्णयलाई आधार मानी मिति २०७५ असार ३२ गतेकाे नेपाल सरकारकाे निर्णयले गाउँपालिकाकाे सेवा केन्द्र मुडलीबाट हरिहरपुरमा परिवर्तन गरेकाे थियाे । तर वडा नं. १ मुडलीका जनप्रतिनिधि सहितको स्थानियहरुको विरोधका कारण कार्यालय मुडलीबाट सार्न सकिएको थिएन ।

बिरोध गर्नेहरुले सेवा केन्द्र सार्ने निर्णय विरुद्ध हालेको मुद्दा हाल वचारधिन अवस्थामा रहेको वताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

कलैया उपमहानगरपालिका ‘पूर्ण खोप सुनिश्चितता’ भएको पालिका घोषणा

न्युज डेस्क

मन्त्री यादवले गरे कलैया ८ मा खानेपानी आयोजनाको उद्घाटन

न्युज डेस्क

मिस्टर नेसनल २०२५ मा अजहर आलमको दोहोरो विजयी यात्रा

न्युज डेस्क
SQL requests:215. Generation time:5.296 sec. Memory consumption:82.46 mb