37 C
Birgunj
23 May 2025
KALIKATIMES.COM

मोटरसाईकल ओवर टेकको बिषयलाई लिएर बहुदरमाईमा झडप, ५ घाइते

kalikatimes

वीरगंज । पर्साको बहुदरमाई नगरपालिका वडा नं. ४ डकैला बहुअरीमा आज दुई समुह बिच झडप भएको छ । मोटरसाईकल ओवर टेकको बिषयलाई लिएर विवाद हुदा स्थानिय राजदेव कुशवाहा र बलिराम कलवार पक्ष बिच झडप हुदा पांच जना घाइते भएको प्रहरीले जनाएको छ ।

झडपमा परी बहुदरमाई नपा ४ बहुअरी निवासी बर्ष ५५ का राजदेव कुशवाहा, बर्ष २१ का दिपेन्द्र कुशवाहा, बर्ष २२ का रवि साह कलवार, बर्ष २१ का राहुल साह कलवार र पर्सागढी नगरपालिका वडा नं. ६ बागेश्वरीका पशुराम साह कलवार घाईते भएका छन् ।

घाईतेहरुको उपचार नारायणी उपक्षेत्रिय अस्पताल बीरगंजमा भईरहेको छ भने घाइते मध्ये राजदेवको टाउकोमा गम्भीर चोट लागेको र अवस्था गम्भीर रहेको उपचार सलग्न रहेका चिकित्सकले जनाएका छन् ।

मंगलबार राजदेवका छोरा शिव कुशवाहा र बलिरामका छोरा राहुल बिच मोटरसाईकल ओवर टेकको बिषयमा विवाद भएको थियो र दुवै जनालाई प्रहरी चौकी डकैलाले पक्राउ समेत गरेको थियो ।

छठ पछि पञ्चायती गरी विवाद समाधान गर्ने दुबैको अभिभावकको सहमती अनुसार प्रहरीले दुबै जनालाई अभिभावकको जिम्मा लगाएको थियो । तर आज विहान गाउँ कै चोकमा दुबै जना संग भेट भए पछि सोही बिषयलाई लिएर विवाद हुदा झडप भएको प्रहरीले जनाएको छ ।

प्रहरीले झडपमा संंलग्न ९ जनालाई प्रकाउ समेत गरेको छ तर प्रकाउ परेकाहरुको नाम खुलाएको छैन ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सहकारी क्षेत्रका समसामयिक समस्या तथा समाधान विषयक अन्तक्रिया

कालिका टाईम्स

वीरगंजको भोजपुरी प्रतिष्ठानद्वारा ‘आपन भाषा आपन पहचान’ अभियान सञ्चालन

कालिका टाईम्स

माउन्ट मकालु स्कुलमा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

कालिका टाईम्स
SQL requests:213. Generation time:8.596 sec. Memory consumption:82.45 mb