36.1 C
Birgunj
10 May 2025
KALIKATIMES.COM

आन्दोलन दबाउने कलेज प्रशासनको प्रयास असफल, विद्यार्थीहरुको आन्दोलन जारी

nmc andolan_kalikatimes

वीरगंज । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका आन्दोलित विद्यार्थीहरु शनिबार पनि प्रदर्शन गरेका छन् । कलेजमा एमबीबीएस अध्ययनरत प्रथम बर्षका आन्दोलित विद्यार्थीहरु कलेज अगाडी दिउसो २ बजे देखी ६ बजे सम्म प्रदर्शन गरेका हुन् ।

राज्यले ताकेको शिक्षण शुल्क लागु गर, बिद्यार्थी माथी दमन बन्द गर, अतिरिक्त शुल्क फिर्ता गर, परिक्षण तालिका परिवर्तन गर, कलेज प्रशासन र विद्यार्थी अभिभावक बिचको सम्बन्ध सुमधुर गर विद्यार्थीहरुको माग रहेको छ ।

प्रविधि मैत्री पाठ्यक्रम लागु गर, राज्यले तोकेको भर्ना शुल्क कायम गर, हाम्रो सेतो कोटमा कालो दाग लगाउन पाइदैन्, विद्यार्थी कुट्न पाइदैन्, विद्यार्थीलाई मानसिक तनाव दिन पाइदैन लगायतका प्ले कार्ड सहित आन्दोलित विद्यार्थीहरु शान्ति पूर्ण प्रदर्शन गरेका हुन् ।

यस अघि विद्यार्थीहरु माथी कलेजका प्रबन्ध निर्देशक बशरुदिन अन्सारीले गुन्डा प्रयोग गरी कुटपिट समेत गराएका थिए ।

विद्यार्थीहरुको आन्दोलनलाई दबाउन प्रबन्ध निर्देशकले विद्यार्थीहरु आफ्नै कलेजका विद्यार्थीहरुलाई कुटपिट गराउनुको साथै धाक धम्की दिलाए पनि आन्दोलन रुकन सकेको छैन् । सरकारले निर्धाण गरेको शुल्क भन्दा कलेज प्रशासनले अशुल गरेको बढी रकम फिर्ताको मांग राख्दै आन्दोलित छन् भने माग पुरा नभए सम्म आन्दोलन जारी रह्ने विद्यार्थीहरुलृे जनाएका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:4.926 sec. Memory consumption:82.49 mb