वीरगंज । नेपाल सोनार समाज पर्साले सोमबार हिन्दुहरुको महान चाड दिपावली तथा छठ पर्वको शुभकामना अदान प्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
रोयल पार्टी प्यालेसमा प्रदेश २ का भौतिक पुर्वाधार तथा विकाश मन्त्री जीतेन्द्र सोनलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम भव्यताको साथ सम्पन्न भएको सोनार युवा समाज पर्साका संयोजक श्याम सर्राफले वताए । कार्यक्रममा बोल्दै मन्त्री सोनलले सबैलाई आफुले गर्ने पेशा संग संगै आ आफ्नो ठाउबाट समाजको लागी सकारात्मक कार्य गर्न आग्रह गरे ।
कार्यक्रममा सोनार समाजका ओमप्रकाश सरार्फ, जलेश्वर सरार्फ, बैजु सवर्णकार, श्याम सरार्फ, विंकी सरार्फ, दयाशंकर सरार्फ, किशन सरार्फ, अमित सर्राफ, राजकुमार सरार्फ, उज्जवल सरार्फ, अभय राज सरार्फ, नितेश सरार्फ, सौर्य राज सरार्फ लगायतको सहभागीता रहेको थियो ।
नेपाल सोनार समाज पर्साका अध्यक्ष भुलन सरार्फको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण समाजा सचिव प्रवेश सरार्फले गरेका थिए ।