41.4 C
Birgunj
12 May 2025
KALIKATIMES.COM

नेपाली कांग्रेसले संविधान संशोधन गर्छ : नेता रिजाल

congresh vela_kalikatimes

वीरगंज । नेपाली कांग्रेसले संविधान संशोधन गरी मधेशको मांग सम्बोधनगर्ने नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले वताउनु भएको छ । पर्साको धोबिनी गाउँपालिकामा आयोजित नेपाली कांग्रेसको कार्यकर्ता भेलालाई सम्बोधन गर्दैकेन्द्रिय सदस्य रिजालले अगामी चुनाव कांग्रेसले जितेर संविधान संशोधन गर्ने वताउनुभयो ।

पार्टी सभापति शेर बहादुर देउवा नेतृत्वको सरकारले संविधान संशोधनको लागिसंसदमा प्रस्ताव दर्ता गराएको अवगत गराउदै रिजाले अगामी चुनाव जितेपछि सोही प्रस्तावपारित गराउने आश्वासन दिनु भयो । भोलीको भविष्य युवाको भएको भन्दै रिजाललेयुवाहरुलाई पार्टीमा सक्रिय भई लाग्न आवहान समेत गर्नु भयो ।

युवा नेता नविन सिंहले समाजवादी र नेकपाको सरकार भ्रष्टचारमा लिप्त भएकोले कांग्रेसको विकल्प नरहेकोवताउनु भयो । सरकारको अगुवाईमा भइरहेको भ्रष्टचारको विरुद्ध युवाहरु लाग्नु पर्नेधारणा राख्नु भयो ।

धोबिनी गाउँपालिका वडा नं. २ भिखमपुरको वोथ सभापति रामशिषराउत कुर्मीको अध्यक्षतामा भएको भेलामा महाधिबेशन प्रतिनिधी बशिष्ठनारायण कुर्मी,क्षेत्र नं. ४ का सभापति रमेश पाण्डे, सचिव श्रीकान्त यादव, बलिष्टर अहमद लगायतकालेमन्तव्य राखेका थिए ।

धोबिनी गाउँपालिकाको वडा नं. १ र २ को भएको कार्यकता भेलामापार्टी प्र्रबेश र हिन्दुहरुको महान चाड दिपावली तथा छठ पर्वको सुभकामना अदान प्रदानसमेत भएको थियो । भेलामा स्थानिय नेता शिवचन्द्र साह, धरमान पटेल, जितेन्द्र पटेल,बिरेन्द्र महतो लगायत ३१ जनाले पार्टी प्रबेश समेत गरेको जिल्ला सदस्य समेत रहेका युवानेता सिंहले जानकारी गराउनु भयो।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

बुद्ध जयन्तीको अवसरमा भिस्वा डाँडामा सरसफाई

कालिका टाईम्स

प्रेस सेन्टर पर्साद्वारा सिडिओलाई ज्ञापन

कालिका टाईम्स

नयाँ लुगा किनिदिने प्रलोभनमा पारी नाबालिकालाई यौनधन्दामा लगाउने महिला वीरगंजबाट पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:7.937 sec. Memory consumption:82.44 mb