30.2 C
Birgunj
15 May 2025
KALIKATIMES.COM

बिपत जोखिम न्युनिकरण सम्बन्धी अन्तरक्रिया सम्पन्न

वीरगंज । अन्तराष्ट्रिय बिपत जोखिम न्युनिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम आज वीरगंजमा सम्पन्न भएको छ ।

कार्यक्रमले जिल्लाको प्रत्येक पालिकामा बिपत ब्यवस्थापन समिती गठन गर्ने, बिपत ब्यवस्थापन कोष खडा गर्ने, पालिकामा एक जना फोकल परसन राख्ने, आउदो शितलहरका लागी प्रत्येक पालिकाले अहिले देखी जुटने र पालिकाले समाजिक संघसंस्थाहरुलाई पनि परिचालन गर्ने निस्कर्ष निकालेको छ ।

नेपाल रेडक्रस सोसाईटी पर्साको सहकार्यमा र बिपत ब्यवस्थापन समिती पर्साको आयोजनामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारीले पर्साका १४ स्थानिय तह मध्ये मात्रै ६ वटा तहका प्रमुख प्रशासकिय अधिकृत यस्तो कार्यक्रममा सहभागी भएकोले अरु अधिकृत कहा र के काममा ब्यस्त छ भने आफु संम्बेदनशिल रहेको बताउनु भएको छ ।

बिरगंज महानगरपालिका, छिपहरमाई, कालिकामाई, सखुवाप्रसौनी, ठोरी, जगरनाथपुर गाउँपालिका बाहेक अरु कुनै पालिकाको अधिकृतहरुको सहभागीता नरहेको जनाइएको छ ।

यसै गरी बरुणयन्त्र अझ पनि पालिकाहरुमा चाहिने, दक्ष जनशक्ति कम्ती २ सय पचास चाहिने भएको नेपाल रेडक्रस सोसाईटीका उमेश मिश्राले प्रस्तुतीकरण गरेका थिए । अहिले सम्म बरुणयान्त्रका लागी कती वटा जनशक्ति छ भने प्रसंगमा डाटा नरहेको गुनासो सहभागीहरुले गरेका थिए ।

कार्यक्रममा जोखिममा रहेका पालिका र वडाहरुको पनि डाटा संकल्नमा कमजोरी पनि देखिएको वक्ताहरु वताएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ नेपाल प्रदेश नम्बर २ का अध्यक्ष दिपेन्द्र चौहान, ठोरी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत धर्मराज थापा, छिपहरमाई गाउँपालिकाका देवनाथ साह, कालिकामाई गाउँपालिकाका राजु साह, सखुवाप्रसौनीका संन्देश यादव, गैरसरकारी संस्था महासंघ नेपाल पर्साका अध्यक्ष छठु साह लगायतकाले आआफना जिज्ञासाहरु राखेका थिए ।

कार्यक्रम प्रमुख जिल्ला अधिकारी नरायाण प्रसाद भटराईको अध्यक्षतामा भएको थियो भने स्वागतमन्तब्य तथा उदेश्य माथी प्रकास सहायक प्रमुख जिल्ला अधिकारीले गर्नु भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

धाेबिनीमा आगलागी, एक घर र १२ वटा बाख्रा जल्याे

कालिका टाईम्स

जगरनाथपुर ५ मा नवनिर्मित वडा कार्यालय भवनकाे उद्घाटन

कालिका टाईम्स

वीरगंज महानगर प्रहरीद्वारा आदर्शनगर रंगशालामा वृक्षारोपण, हरियाली प्रवर्द्धनमा जोड

कालिका टाईम्स
SQL requests:215. Generation time:7.137 sec. Memory consumption:82.47 mb