32.9 C
Birgunj
9 May 2025
KALIKATIMES.COM

हत्या आरोपमा पतिसहित तीन पक्राउ

वीरगंज । पर्साको पकाहामैनपुर गाउँपालिका ४ धोविया टोलमा हत्याको आरोपमा पतिसहित तीनजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालाय पोखरीयाले शनिबार पत्नीको हत्यको गरेको आरोपमा पतिसहित निजका दाई र भाउजुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा पति नसुरद्दीन मीयाँ, निजका दाई वल्टिु मियाँ र भाउजु तुना खातुन रहेको इप्रका पोखरीया प्रहरी निरिक्षक चन्द्र सिंहले जनाकारी दिए । मृतक सायरा खातुनको हत्या भएको भन्दै माइती पक्षले शुक्रवार प्रहरीलाई जनाकारी दिएपछि प्रहरीले खोजतलाश सुरु गरेको थियो । गत आइतबार २५ वर्षीय सायरा खातुनको झुन्डिएको अवस्थामा शव फेला परेको थियो ।

मुत्यु भएपश्चात् उनको धार्मिक परम्परा अनुसार गत सोमबार निजिकैको इदगाहमा दफनाइएको बताइएको छ । माइती पक्षले सायरालाई झुन्ड्याइए मारेको आरोप लगाएका छ्न । सायरा झन्डिएर आत्माहत्या गरेपनि प्रहरीलाई खबर नै नगरी परिवारले शव दफनाएको भन्दै प्रहरीले मृत्यु शङ्कास्पद रहेको दावी गरेको छ ।

सायराको शव शनिबार उत्खनन् गरी नारायणी अस्पतालका डाक्टर अजित साहले शव परिक्षण गरेका छन् । सव सडिसकेकोले वीरगंज ल्याउन नसक्दा घटनास्थलमैँ परिक्षण गरीएको प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:220. Generation time:5.032 sec. Memory consumption:82.76 mb