12 May 2025
KALIKATIMES.COM

सडक फराकिलो पार्न दबाव दिन बोरोध प्रदर्शन तथा चक्का जाम गर्न निर्णय

वीरगंज । वीरगंज विकास युवा संघर्ष समितिको आज दोस्रो बैठक सम्पन्न भएको छ । ठाकुर राम बहुमुखी क्याम्पसको प्राङ्गणमा बसेको बैठकले वीरगंजको मेन रोड फराकिलो पार्न दबाव दिन बिरोध प्रदर्शन तथा चक्का जाम गर्न निर्णय गरेको छ ।

संघर्ष समितिका सन्दीप कुमार साहको अध्यक्षतामा बसेको बैठकले असोज २३ गते बिहिबार दिउँसो ४ बजे वीरगंजको घण्टाघर बिरोध प्रदर्शन र माईस्थानमा १ घण्टा चक्काजाम गर्ने निर्णय गरेको समितिका अकलेश साहले वताए । वीरगंजको बिकास बिरोधी र बाटो फरकिलो पार्नु हुन्न भन्ने दलालहरुको बिरुधमा वीरगंजका युवाहरू बिरोध पर्दशन तथा चक्का जाम गर्न लागेको साहले जानकारी गराए ।

संघर्ष समितिको बैठकमा समितिका अकलेस साह, रंजित चौरसिया, महमुद अंसारी, राकेश पटेल, धर्मेन्द्र पटेल, सरण कलवार लगायतको उपस्थिति रहेको थियो । यश अघि पनि समितिले वीरगंजकाे फराकिलाे पार्नको लागि बिरोध प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

बुद्ध जयन्तीको अवसरमा भिस्वा डाँडामा सरसफाई

कालिका टाईम्स

प्रेस सेन्टर पर्साद्वारा सिडिओलाई ज्ञापन

कालिका टाईम्स

नयाँ लुगा किनिदिने प्रलोभनमा पारी नाबालिकालाई यौनधन्दामा लगाउने महिला वीरगंजबाट पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:6.718 sec. Memory consumption:82.45 mb