41.4 C
Birgunj
12 May 2025
KALIKATIMES.COM

वीरगंजमा आयोजित रमाईलो मेलाको सांसद प्रदिप यादवद्वारा उदघाटन

ramailo mela udghatan_kalikatimes

वीरगंज ।  वीरगंजको घण्टाघर नजिक रहेको शहिद उद्यान पार्कमा आज देखी सुरु भएको रमाईलो मेलाको उदघाटन प्रतिनिधि सभा सदस्य (सांसद) प्रदिप यादवले गरेका छन । वडा दशैंको उपलक्ष्यमा आस्था नेपालले आयोजना गरेको मेलाको उदघाटन एक कार्यक्रमका बिच सांसद यादवले रिबन काटी र परेवा उडाई गरेका हुन ।

मेला उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद यादवले दशैंको अवसरमा आयोजित मेला भव्य र सभ्य बनाउने सबैमा अपिल गरे । मन्तव्य मार्फत दशैंको सुभकामना व्यक्त गर्दै सांसद यादवले दशैंमा रमाईलो सभ्य तरिकाले गर्नु पर्ने आग्रह समेत गरे ।

pradip Yadav_kalikatimes

मेला समितिका अध्यक्ष कुन्दन सिंहको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा समाजवादी पार्टीका पर्सा अध्यक्ष रामनरेश यादव, सचिव तबरेज अहमद, नेता सुन्दर कुर्मी, वीरगंज महानगर अध्यक्ष इशवर यादव, समाजवादी विद्यार्थी संगठनका केन्द्रिय सदस्य निखिल बर्णवाल, आस्था नेपालका अध्यक्ष गरौव बर्मा लगायतकाको उपस्थिती रहेको थियो ।

असोज २५ गते सम्म लाग्ने मेलामा विभिन्न राष्ट्रिय तथा स्थानिय कलाकारहरुको सांगिति प्रस्तुती पनि रह्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

बुद्ध जयन्तीको अवसरमा भिस्वा डाँडामा सरसफाई

कालिका टाईम्स

प्रेस सेन्टर पर्साद्वारा सिडिओलाई ज्ञापन

कालिका टाईम्स

नयाँ लुगा किनिदिने प्रलोभनमा पारी नाबालिकालाई यौनधन्दामा लगाउने महिला वीरगंजबाट पक्राउ

कालिका टाईम्स
SQL requests:220. Generation time:4.945 sec. Memory consumption:82.45 mb