41.4 C
Birgunj
12 May 2025
KALIKATIMES.COM

छोहडा सहित वीरगंजबाट एक भारतिय युवक पक्राउ

chhohada pakrau_kalikatimes

वीरगंज । पर्सा प्रहरीले छोहडा सहित एक भारतिय युवकलाई पक्राउ गरेको छ । भारत बिहार पन्टोका बर्ष १८ को लालु पासवानालाई नेपालबाट भारत तर्फ छोकडा लगि रहेको अवस्थामा वीरगंजबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगंज महानगरापलिकाको वडा नं. १० आदर्शनगर स्थितबाट आइतबार दिउसो २ः३० बजे ६० किलो छोकडा सहित पासवानलाई नियन्त्रणमा लिई आपश्यक अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै पर्सा प्रहरीले भंसार छलीको कपडा समेत बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले भंसारी छली गैरकानुनी तवरले नेपाल भित्रयाइरहेको ३२ पिस कुर्ता सुरुवालको कपडा बरामद भएकोको जनाएको छ ।

वीरगंजको छपकैयाबाट आइतबार बरामद भएको कपडा जिल्ला प्रहरी कार्यालयमा ल्याई आवश्यक कर्वाही र वीरगंज भन्सार बुझाउने कार्य भइरहेको प्रहरी कार्यालय पर्साले प्रेस विज्ञप्ती मार्फत जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

बुद्ध जयन्तीको अवसरमा भिस्वा डाँडामा सरसफाई

कालिका टाईम्स

प्रेस सेन्टर पर्साद्वारा सिडिओलाई ज्ञापन

कालिका टाईम्स

नयाँ लुगा किनिदिने प्रलोभनमा पारी नाबालिकालाई यौनधन्दामा लगाउने महिला वीरगंजबाट पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:8.157 sec. Memory consumption:82.42 mb