29.8 C
Birgunj
11 May 2025
KALIKATIMES.COM

हजारीमल धर्मशाला हत्याउने प्रयास र सहभागिहरुको पर्दाफास

hajarimal dharmasal kand_kalikatimes

वीरगंज । वीरगंजको विवादित हजारीमल धर्मशालाको बिषयमा बुधबार राजपा नेपालले पनि पत्रकार सम्मेलन गरेको छ । यस अघि नेपाली कांग्रेसले पनि पत्रकार सम्मेलन गरी ट्रष्टको नाउमा धर्मशालाको जग्गा हत्याउन खोजिएको वताएको थियो ।

राजपा नेपालको वीरगंज महानगर समितिले धर्मशाला अगाडी नै बुधबार पत्रकार सम्मेलन गरी जाली कागजात र जालसाजी प्रकृयाले हजारीमल धर्मशाला हत्याउन निरन्तर भइरहेको दुष्प्रयास र त्यसमा सहभागिहरुको पर्दाफास गरेको हो ।

पत्रकार सम्मेलनमा वोल्दै राजपाका महासचिव राजेशमान सिंहले २०५८/४/७ मा हजारीमलका नाति किशोरी प्रसाद अग्रवालले हजारी मलका जेठा छोरा गोइत रामको मृत्यु २०३४ सालमा र उनका श्रीमती शान्ति देवीको मृत्यु २०३५ सालमा भएको प्रमाण पत्र २०५८ साल मै लिएको कागजातको प्रतिलिपी देखाउदै मृत्यु भइसकेको गोइतले २०४६/८/२६ गते मालपोत कार्यालय वीरगंजमा पुगी जग्गाको राजिनामा रजिशटेशन कसरी पास गर्यो ।

यसका साथै हाजारीमलको खानदानको बिषयमा हामीले अनुसन्धान गर्दै जादा बारा, पर्साको सम्पती हडप्न उनीहरुले एक अर्कामाथी मुद्दा दिने र पछि मिलापत्र गर्ने तथ्य फेला परेको सिंहले वताए । अर्को तथ्य स्थानिय स्वायत शासन ऐन अनुसार महानगर भित्र कुनै पनि भवन निर्माण गर्न महानगरपालिकाको स्विकृती लिने प्रावधान भए पनि त्यो पनि नलिएको वताए ।

भारतिय व्यक्ति कहिले पनि ट्रष्टको अध्यक्ष हुन नसक्ने वताउदै महासचिव सिंहले प्रमाण देखाउदै भने ‘भारतिय नागरिक रामकृष्ण अग्रवाल ट्रष्टको अध्यक्ष कसरी भईहाल्छन’ । कुनै पनि भवन तोडन ट्रष्टले निर्णय गर्नु पर्ने प्रावधान भए पनि कहां त्यसो निर्णय भएको छ । किन प्रशासन मौन छ सिंहले प्रश्न समेत गरे ।

यस्ता जालसादीको बिषयमा जिल्ला प्रशासन कार्यालयमा २०४३ साल देखी नै उनीहरु माथी मुद्दा पर्ने गरे पनि हाल जिल्ला प्रशासनमा एउटा पनि कागजात नरहेको वताए । महासचिव सिंहले हजारीमल धर्मशालाको जग्गा महानगरपालिका मातहत ल्याउनु पर्ने माग समेत गरे ।

महानगरपालिकाका मेयर विजय कुमार सरावगीले हजारीमल धर्मशालाको सम्पती ट्रष्ट भन्दा महानगरपालिका मातहत किन ल्याउन नचाहेको प्रश्न समेत उनले गरे । हजारीमल धर्मशालाको नाम रहेको सबै सम्पती महानगरपालिका मातहत आउनु पर्ने राजपा नेपालको जोडदार मांग गर्दछ उनले भने ।

हजारीमल धर्मशालाको बिषयमा सर्बदलिय बैठक बसी छानविन गर्न जिल्ला प्रशास कार्यालय पर्सामा ज्ञापन पत्र बुझाए पनि नेपाली कांग्रेस लगायतका दल किन पछाडी हट्यो आफुलाई थाह नभएको सिंहको भनाई थियो । सार्वजनिक सम्पती व्यक्तिको नाममा गर्न प्रशासन र स्थानिय निकाय समेत कुनै ना कुनै रुपमा यसमा भएको षडयन्त्रहरुमा सहभागि भएको उनले आरोप समेत लगाए ।

हजारीमल धर्मशालाको बिषयमा छानविन गर्न आयोगमा दर्ता भएको निवेदन अनुसार सरकारी सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जांचबुझ आयोगले हजारीमल धर्माथ ट्रष्ट दर्ता सम्बन्धी कागजात जिल्ला प्रशासन कार्यालय पर्सा संग २०७६/०३/१९ गते नै माग गरे ता पनि हाल सम्म दिएको छैन । पछि मिति २०७६/०५/१७ गते कागजात उपलब्ध गराउन जांचबुझ आयोगले ताकेता समेत गरि सकेको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:215. Generation time:4.901 sec. Memory consumption:82.49 mb