25.1 C
Birgunj
19 May 2025
KALIKATIMES.COM

एक लाख घुस लिदै गरेको अवस्थामा वीरगन्जबाट प्रधानाध्यापक सहित ६ जना पक्राउ

akhtiyar2_kalikatimes

वीरगन्ज : अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाले वीरगन्जबाट प्रधानाध्यापक सहित ६ जनालाई पक्राउ गरेको छ।

अख्तियारको टोलीले एक लाख घुस रकम सहित वीरगन्ज ८ घण्टाघर स्थित गजुरेल गल्लीमा रहेको चिया पसलबाट वीरगन्ज ३१ वेल्वा प्रसौनीमा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक सचिन्दर कुमार कापर सहित ६ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा विद्यालयका सहायक प्रधानाध्यापक बारा परवानीपुर गाउँपालिका वडा नम्बर १ का मनिर मियाँ, शिक्षक जितपुर सिमरा नगरपालिका वडा नम्बर १० का सुरेश महतो, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू वीरगन्ज ३१ वेल्वाकै ईलियास मियाँ अन्सारी, सदिया खातुनका श्रीमान् जमिल मियाँ र नजमुदिन मियाँ देवान रहेका छन्।

विद्यालयले गणित शिक्षकको लागि करारमा नियुक्त गर्न विज्ञापन निकालेको थियो । तर अनुदानको कोटामा समेत नियुक्त गर्न एक जनासँग १ लाख घुस रकम लिएको अवस्थामा रंगेहात पक्राउ गरेको आयोग हेटौडाका अधिकृत नर बहादुर चन्दले बताए।

पक्राउ परेका ६ जनालाई आवश्यक अनुसन्धानको लागि हेटौडा लगेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

मुक्त हरवाचरवाको सवाल सम्बोधनका लागि बजेट पैरवी अभियान सुरु

कालिका टाईम्स

वीरगंजमा निःशुल्क आँखा, कान तथा नाकको स्वास्थ्य परीक्षण शिविर सम्पन्न

कालिका टाईम्स

ठाकुरराम क्याम्पसमा शिक्षकलाई कार्यकक्षमै थुनेर विद्यार्थीको विरोध

कालिका टाईम्स
SQL requests:214. Generation time:8.104 sec. Memory consumption:82.45 mb