वीरगंज । किशोरी सशक्तिकरणका लागी शिक्षा कार्यक्रम मंगलबार बिरगंजमा सम्पन्न भएको छ । दिब्य युवा क्लबको आयोजनामा वीरगंज लिंक रोड स्थित रहेको कुमु प्यालेस होटलमा भएको कार्यक्रम सम्पन भएको हो ।
कार्यक्रमका प्रमुख अतिथी जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँले गत र यस बर्षको काममा परिवर्तन देखिएन भने काम नगर्दा पनि हुने वताए । अहिलेको युगमा बसेर खान या भ्रष्टाचार गर्न चाहन्नु हुन्छ भने त्यो सम्भव नरहेको उनको भनाई थियो ।
उनले अहिलेको अवस्थामा ईमान्दारी र नयाँ खाले काम गरे मात्रै तपाईको र कुनै पनि निकायको फाईदा धारणा राखे । कार्यक्रममा कार्यक्रम संयोजक गणेशबहादु ठकुरीले कार्यक्रमको प्रगती, समस्या र चुनौतीको बारेमा प्रस्तुती गरेका थिए । सरोकारवालाहरुले किशोरी शिक्षाका लागी आ आफ्ना संघसंस्थाबाट के गर्न सक्छन भने प्रतिबद्धता पनि गरेका थिए ।
कार्यक्रम प्रमुख रामाकान्त पटेलको अध्यक्षतामा भएको कार्यक्रममा गैरसरकारी संस्थाका छठु साह, पत्रकारको तर्फबाट निरजपिठाकोठे, जनस्वस्थ्य कार्यालयका प्रतिनिधि नवलकिशोर साह लगायतकाले मन्तब्य राखेका थिए ।