वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिकाको वडा नम्बर ५ गदियानी पोखरियाको श्री नेपाल राष्ट्रिय प्राथमिक बिधालय बन्द भए पनि अध्ययन अध्ययापन सुचारु रहेको छ ।
बिधालय बन्द हुदा पनि बिधालयमा बिधार्थीहरु प्रत्येक दिन अध्ययन अध्यापन गर्ने गरेको सोही वडाका वडा सदस्य महेन्द्र रामले बताएका छन । बिधालयमा १ महिनाको बिदा भएता पनि गाउँका अगुवाहरुले एक जना शिक्षकलाई आग्रह गरी बिधार्थीहरुलाई पढाउन जिम्मेवारी दिए पछि बिधार्थीहरु सोही बिधालयमा पढने गरेका हुन ।
बिधालयमा बिदा भए पछि पढाई बिग्रने डरले अभिभावकहरु अधिकांशत बिधार्थीहरुलाई बिधालयमा पुर्याउने गरेको हो । बिदाको समयमा अभिभावकहरु पनि सोही बिधालयमा जम्मा भई हेरबिचार गर्ने गरेको र बिधार्थीहरु पढने गरेको अभिभावक मंजुर राउत गदीले बताए ।
सोही गाउँका एक जना शिक्षक अर्काे बिधालयमा पढाउने गरेको तर बिदाको समयमा आफनै गाउँको बिधालयमा १ महिना पढाउने गरेको बताएका छन । शिक्षक ध्रुव ठाकुरका अनुसार ६० जना बिधार्थीलाई एउटै कक्षा कोठामा राख्न समस्या भए पनि बिदाको दिनका कारण उनिहरुको पढाई नबिग्रोस भने उदेश्य र सेवा गर्ने उदेश्य राखी पढाउने गरिएको छ ।
पर्सा जिल्लामा कक्षा १ देखी ५ सम्मका बिधार्थीहरुलाई १ महिना सम्म जम्मा गरी पढाउनु एक मात्र विद्यालय रहेको र यो अनुभन सबै वडामा लागु होस भने भनाई सो गाउँका पुर्ब बिधालय ब्यवस्थापन समितीका अध्यक्ष रम्भु चौरसियाले बताए ।