10 May 2025
KALIKATIMES.COM

प्रहरी गस्तीमा कमी आए पछि वीरगन्जमा चोरीको घटना वृद्धि

chori_kalikatimes

वीरगन्ज । वीरगन्जमा चोरीको घटनामा वृद्धि भएको छ । चोरीको घटनामा बृद्धि भए पनि पर्सा प्रहरीले चोरहरुलाई प्रकाउ गर्न सकेको छैन । रातीको समयमा प्रहरीको गस्तीमा कमी आए पछि चोरीको घटनामा वृद्धि भएको नगर वासीहरुको गुनासो छ ।

पछिलो एक सातामा वीरगन्ज बजारमा चोरीको घटना बढेको हो । एक सत्ता भित्र आधा दर्जन  चोरीको घटना भएको बुझिएको छ । चोरीको घटना बढेपछि अहिले वीरगन्जका ब्यपारी पर्सा प्रहरीले दिएको शान्ती सुरक्षा माथी प्रशन खडा गरेका छन ।

वीरगन्ज महानगरपालिकाको वडा नं. ११ रानीघाट स्थित डाक्टर अगेन्द्र यादवको क्लिनिक नजिक रहेको मुन्ना ज्वेलर्समा शुक्रबार राती चोरी भएको छ । मुन्ना ज्वेलर्स सुनचाँदी पसलबाट २ सय ग्राम सुन, दश किलो चाँदी र एक लाख ५० हजार नगद रुपैया चोरी भएको ज्वेलर्सका संचालनक मुना साह सोनारले बताए ।

चोरहरुले छत माथीबाट पसलको पछाडी रहेको भेन्टिलेसन फुटाई पसलमा प्रवेश गरि २२ लाख बराबरको चोरी गरेका छन । पलसमा रहेको सिसि केमरा चोरीहरुले फोडेर चोरीका गरेका छन भने सिसी केमराको एलसिडिमा तेजाब खन्याई दिएका छन ।

चोहरुले रानीघाट कै प्रकाश पुस्तक पसल र नागेश्वर चौधरीको पसलमा चोरी गर्न प्रयास गरे पनि विफल भएको पाइएको छ ।
केही दिन पहिला वीरगन्ज लिन्क रोड स्थित कुम्भु होटल नजिक रहेको एक बैट्री पसलमा, आर्दशनर गिता मन्दिर नजिक रहेको पेन्ट पसल, रानीघाट एउटा घरमा लगायतका ठाउँमा चोरी भएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:7.197 sec. Memory consumption:82.48 mb