12 May 2025
KALIKATIMES.COM

लायन्स र लियाेले बहुदरमाईमा ११ हजार बिरुवा राेपने

दिपेन्द्र यादव/वीरगन्ज । लायन्स क्लब अफ बिरगंज र लियो क्लब अफ बिरगंजले ११ हजार बिरुवा रोपने जनाएका छन । क्लबहरुले बिहिवार पत्रकार सम्मेलन गर्दै पर्साको बहुदरमाई नगरपालिकाको वडा न. ८ विश्रामपुरमा बृहत बृछा रोपन कार्यक्रम गरिने जनाएका हुन ।

बिश्रामपुरमा रहेको १० बिगाहा ऐलानी जग्गामा साउन १८ गते शनिबार बृक्षा रोपन कार्यक्रम गरिने लायन्स क्लब अफ बिरगंजका अध्यक्ष बिजय कुमार गुप्ताले बताए । बन तथा बाताबरण मन्त्री शक्ति बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा बृक्षा रोपन कार्यक्रम गरिने अध्यक्ष गुप्ताले जानकारी गराए ।

नेपाल पत्रकार महासंघ पर्साको भवनमा भएको पत्रकार सम्मेलन लायन्स क्लब अफ बिरगंजका सचिव दिगम्बर थापा, पुर्व अध्यक्ष सन्तोष साह, गजेन्द्र मान सिंह, लियो क्लब अफ बिरगंजका अध्यक्ष भगवती शिगदेल, उपाध्यक्ष मेराजुल हवारी, पुर्व अध्यक्ष रिषभ अग्रवाल, दिब्या गिरि, क्लबका अन्य सदस्य लगायतको उपस्थित रहेको थियोे ।

यस्ता बृक्षा रोपन कार्यक्रम धेरै भए पनि संरक्षण अभावमा कार्यक्रम भरी मात्र सिमित हुने गरेकोमा लायन्स र लियोले आफूहरू संरक्षण गरेर देखाउने दाबी गरेका छन ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

बुद्ध जयन्तीको अवसरमा भिस्वा डाँडामा सरसफाई

कालिका टाईम्स

प्रेस सेन्टर पर्साद्वारा सिडिओलाई ज्ञापन

कालिका टाईम्स

नयाँ लुगा किनिदिने प्रलोभनमा पारी नाबालिकालाई यौनधन्दामा लगाउने महिला वीरगंजबाट पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:7.210 sec. Memory consumption:82.49 mb