35.2 C
Birgunj
13 May 2025
KALIKATIMES.COM

नारायणी अस्पतालको हाल बेहाल ,भर्ना भएका रोगी र कुरुवा असुरक्षीत

१० भदौ
नारायणी  अस्पतालको हाल बेहाल भएको छ भने अस्पतालमा भर्ना भएका रोगी र कुरुवा दुबै असुरक्षीत भएका छन । नारायणी उपक्षेत्रिय अस्पतालका उपचार सेवाको हाल बेहाल भएको छ भने सुरक्षाको दृष्टिकोणले पनि अस्पतालको अवस्था नाजुक रहेको छ ।

प्रहरीको कमीकमजोरी र अस्पताल ब्यवस्थापनको कमजोरीले गर्दा रोगीहरु दिनभरी र रातभरी छटपटाएका छन भने ठिक उपचार बिना रोगी निजी अस्पतालमा जान बाध्य भएका छन । हिजो सर्वराष्ट्रिय दैनिकका सम्बादाता शम्भु कुमार सुमनको उपचारको क्रममा राती १ बजे २ वटा मोवाईल चोरी भएको छ । शुमन र वहाका भाई लक्ष्मण साहको मोवाईल नारायणी उपक्षेत्रिय अस्पतालको मेडिकल वार्डको बेड नम्बर १० बाट चोरी भएको हो । प्रहरीले मोवाईल चोरी गरेको अभियोगमा एक जनालाई राती नै पका्रउ गरेको छ । नारायणी अस्पतालमा उपचार गराई रहेका बिरामी तथा कुरुवाहरुका अनुसार मोवाईल चोरी नया घटना नरहेको बताएका छन । पटक पटक अस्पतालबाट मोवाईल तथा सरसमानहरु चोरी भईरहदा प्रहरीले कानमा तेल हालेर बसेको स्थानियको आरोप छ । सयौ रोगी तथा कुरुवाहरु रातीमा सुतिरहदा प्रहरीको टयुटी फितलो भएका कारण बराबर घटना घटिरहेको अस्पतालमा उपचार गराईरहेका बिरामीको कुरुवाहरु बताएका छन । नारायणी उपक्षेत्रिय अस्पतालको सेवासुबिधा तथा सुरक्षाको अवस्थाको बारेमा पटक पटक सामाचार प्रकासमा आए पनि पर्सा प्रहरीले आफुमा सुधार नल्याएको जनाईएको छ । कुरुवाहरुले अस्पतालको घटनामा प्रहरी र अस्पताल ब्यवस्थापन पक्षको संलग्तामा चोरी भईरहेको दावी गरेका छन । नया एसपी साहबको आगमन संगै सुरक्षाको अवस्था नाजुक बन्दै गएको पर्सावासीहरुले बताएका छन ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

कलैया उपमहानगरपालिका ‘पूर्ण खोप सुनिश्चितता’ भएको पालिका घोषणा

न्युज डेस्क

मन्त्री यादवले गरे कलैया ८ मा खानेपानी आयोजनाको उद्घाटन

न्युज डेस्क

मिस्टर नेसनल २०२५ मा अजहर आलमको दोहोरो विजयी यात्रा

न्युज डेस्क
SQL requests:215. Generation time:3.799 sec. Memory consumption:82.49 mb