42.8 C
Birgunj
14 May 2025
KALIKATIMES.COM

सांसद प्रदिप यादवले बाढी पीडितको लागि एक महिनाको तलब सहयोग गर्ने

वीरगन्ज । बाढी पीडितहरुको सहयोगका लागि आफ्नो एक महिनाको तलब राहत कोषमा जम्मा गर्ने घोषणा प्रतिनिधि सभाका सदस्य प्रदीप यादवले गरेका छन् ।

बाढी पीडितहरुलाई चाहिने सहयोगमा अझ थप सहयोग प्रदान होस् भन्ने इच्छाका साथ पिडितहरुको राहत स्वरुप आफ्नो एक महिनाको तलब पर्सा जिल्ला विपद्ध व्यवस्थापन समितिको राहत कोषमा जम्मा गर्ने घोषणा सांसद यादवले गरेकाे उनका स्वकीय सचीव निखिल बर्णवालले जानकारी दिए ।

यस प्राकृतिक विपदको घडीमा सबै सहयोगी हातहरुलाई बाढी पीडितहरुका लागी आ—आफनो ठाउँहरुबाट झन् सहयोग गर्न सांंसद यादव प्रेस विज्ञप्ती जारी गर्दै आग्रह  गरेका छन् ।

आफनो धनमाल सबै गुमाई सकेका बाढी पीडितहरुलाई अहिले तत्काल राहतको आवश्यक्ता रहेकोले स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले पनि यथाशीघ्र राहतको व्यवस्था गर्न उनले सम्बन्धित निकायको ध्यानाकषर्ण समेत गराएका छन् ।

लगातारको अविरल वर्षाका कारण पर्सा लगायत पुरै देशमा भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दु:ख व्यक्त समेत उनले गरेका हुन ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

धाेबिनीमा आगलागी, एक घर र १२ वटा बाख्रा जल्याे

कालिका टाईम्स

जगरनाथपुर ५ मा नवनिर्मित वडा कार्यालय भवनकाे उद्घाटन

कालिका टाईम्स

वीरगंज महानगर प्रहरीद्वारा आदर्शनगर रंगशालामा वृक्षारोपण, हरियाली प्रवर्द्धनमा जोड

कालिका टाईम्स
SQL requests:215. Generation time:6.294 sec. Memory consumption:82.47 mb