36.4 C
Birgunj
15 May 2025
KALIKATIMES.COM

वीरगंजमा थप एकको शव फेला, पर्सामा बाढीले मृत्युु हुनेको संख्या ३ पुग्यो

बिरगंज । बाढीले बगाउँदा आइतबारदेखि हराइरहेका वीरगञ्जका दुर्गा साह तुराहा मृत फेला परेका छन् ।

वीरगञ्ज महानगरपालिका २५ खल्वाटोला सिर्सियाका ५० वर्षीय तुराहालाई आइतबार साँझ बाढीले बगाएको थियो ।

घर नजिकैको धारामा पानी लिन गएका तुराहा चिप्लिएर सिर्सिया खोलामा खसेका थिए । उनको घर सिर्सिया खोला किनारमै छ ।

बाढीले बगाएलगत्तैबाट खोजी सुरु गरिएको भए पनि सोमबार विहान वीरगञ्ज महानगरपालिका १ छपकैयाँ स्थित भकुवा नजिक सिर्सिया खोलामा तुराहाको शव फेला परेको ससस्त्र प्रहरी निरीक्षक जीवनबहादुर मल्लले जानकारी दिनुभयो ।

याे सहित पर्सामा बाढीले मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

धाेबिनीमा आगलागी, एक घर र १२ वटा बाख्रा जल्याे

कालिका टाईम्स

जगरनाथपुर ५ मा नवनिर्मित वडा कार्यालय भवनकाे उद्घाटन

कालिका टाईम्स

वीरगंज महानगर प्रहरीद्वारा आदर्शनगर रंगशालामा वृक्षारोपण, हरियाली प्रवर्द्धनमा जोड

कालिका टाईम्स
SQL requests:215. Generation time:7.732 sec. Memory consumption:82.46 mb