36.1 C
Birgunj
10 May 2025
KALIKATIMES.COM

लोक सेवा आयोगको फर्म भर्न समस्या, म्याद थप गर्नु पर्ने मांग

psc form_kalikatimes

वीरगंज, ३ असार ।
लोक सेवा आयोगको वेभसाईटमा समस्या देख्दा फर्म भर्न समस्या भएको छ । स्थानिय तहको फर्म भर्न आज अन्तिम दिन भए पनि वेभसाईट नखुल्दा फर्म भर्न समस्या भएको वीरगंजका लक्ष्मन साहले वताए । आफु ३ दिन देखी फर्म भर्न प्रयास गरिरहदा आयोगको वेभसाईटमा अनलाईन फर्म भर्न नसकिएको उनले वताए ।

आफु जस्तै धेरै साथीहरु फर्म भर्न निरन्तर प्रयास गरिरहदा पनि भर्न नसकेको उनले जानकारी गराए । आयोगले खोलेको विज्ञान राज्य व्यवस्था समितिले रद्द गर्ने निर्देशन दिएका कारण विद्यार्थीहरु फर्म भर्न ढिलाई गरेको समेत उनले जानकारी गराए । तर समितिको निर्देशन अनुसार आयोगले विज्ञापन रद्द नगरे पछि सबैले फर्म भर्न थालेको उनले वताए । फर्म भर्न म्याद थप गर्नु पर्ने उनको मांग पनि थियो ।

विज्ञापनको फर्म भर्ने अन्तिम दिनमा सबैले आएर एकैपटक फर्म भर्न थाले पछि समस्या भएको आयोगले जनाएको छ । आयोगको वेभसाईटको क्षमता भन्दा बढीले एकै पटक फर्म भर्न प्रयास गर्न थाले पछि समस्या भएको आयोगको भनाई छ । आयोगका अनुसार एक मिनेटमा एक सय जना जतिले फर्म भर्न थालेका छन ।

यता फर्म भर्न नसकेकाहरु फर्म भर्न म्याद थप गर्न मांग गरेका छन । आयोगले गरेको विज्ञापन विवादित बनेका कारण फर्म भर्न नसकेकाहरु फर्म भर्न म्याद थप गर्नु पर्ने मांग गरेका हुन । अहिले पनि फर्म भर्नको लागि फर्म भर्ने ठाउँमा भिड लागेको छ भने हजारौंको संख्यामा फर्म भर्न नसेको बुझिएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:3.694 sec. Memory consumption:82.48 mb