30 C
Birgunj
9 May 2025
KALIKATIMES.COM

लोक सेवा आयोगको कार्यालय जलेश्वरमा तालाबन्दी

महोत्तरी : मधेस अधिकार संघर्ष समिति (मास)ले आज (आइतबार) लोकसेवा आयोगको कार्यालय महोत्तरीमा तालाबन्दी गरेको छ। मासका संयोजन समिति सदस्य सुशील कर्ण, सरोज मिश्रसहित एक दर्जन युवाहरूले आज दिउँसो ११ः३० बजे लोकसेवा आयोगको कार्यालयमा ताला लगाएका छन्।

लोकसेवा आयोगले संविधानको भावना विपरीत विज्ञापन गरेको भन्दै कार्यालयमा ताला लगाएको मासका सुशील कर्णले जानकारी दिए। ताला लगाउने क्रममा प्रहरी र मासबीच सामान्य वाद–विवाद समेत भएको थियो।

कार्यालयमा कर्मचारी न्यून भएका बेला प्रहरीको उपस्थितिमा मासले लोकसेवा आयोगको कार्यालयमा ताला लगाएको हो। आयोगले विज्ञापन फिर्ता नलिए आन्दोलनलाई अझ कठोर बनाउँदै लाने मासले चेतावनी दिएको छ।

कार्यक्रममा मासका सरोज मिश्र, सुशील कर्ण, मनोज साह, प्रभाष राय जनक, दीपक ठाकुर, शंकर चौधरी, किशन मण्डल, दीपक चौधरी लगायत उपस्थित थिए।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:220. Generation time:7.062 sec. Memory consumption:82.76 mb