36.7 C
Birgunj
9 May 2025
KALIKATIMES.COM

लोक सेवा विरुद्ध विधार्थीहरु आक्रोसित, चरणबद्ध आन्दोलनको घोषणा

राजविराज, ३२ जेठ ।

सप्तरीमा विद्यार्थीहरूले लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीको पुतला दहन गरेका छन् । आयोगले स्थानीय तहका लागि निकालेको विज्ञापन विभेदकारी रहेको भन्दै शनिबार आन्दोलित विद्यार्थीहरूले राजविराजमा मैनालीको पुतला दहन गरेका हुन् ।

नेपाल विद्यार्थी संघ, राष्ट्रिय विद्यार्थी संघ, समाजवादी विद्यार्थी फोरम, अखिल क्रान्तिकारीलगायत विद्यार्थी संगठनले आयोगका अध्यक्षले राजीनामा दिनुपर्ने, विज्ञापन रद्द गर्नुपर्ने र समावेशी सिद्धान्तका आधारमा विज्ञापन आह्वान गर्नुपर्ने माग गर्दै चरणबद्ध आन्दोलनको घोषणासमेत गरेका छन् ।

विद्यार्थीहरूले आइतबार राजविराजमा मसाल जुलुस निकाल्ने र सोमबार पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्ने आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका हुन् । आयोगले संघीयता, समावेशी तथा समानुपातिकविपरीत निकालेको विज्ञापन नसच्याएसम्म आफूहरूको आन्दोलन जारी रहने चेतावनी पनि विद्यार्थी संगठनहरूले दिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:220. Generation time:7.165 sec. Memory consumption:82.75 mb