32.9 C
Birgunj
9 May 2025
KALIKATIMES.COM

पकहा मैनपुर गापामा पोखरी ठेक्काको बिषयमा विवाद

surjaha pokhari bibad_kalikatimes

वीरगंज, १२ जेठ ।
पर्साको पकहामैनपुर गाउँपालिकाको अध्यक्षले मनोमानी गरेको बिरुद्धमा आज सोही गाउँपालिकाको वडा नम्बर २ सुर्जाहाका वडाध्यक्ष सहित सयौं स्थानियवासीहरु जिल्ला प्रशासन कार्यालय पर्सामा निवेदन दर्ता गराएका छन ।

वडा नम्बर २ स्थित रहेको पोखरीको ठेक्कापटा गर्ने गरी सोही वडाका पदाधिकारी तथा स्थानियलाई जिम्मेवारी दिनु पर्ने र सोही वडामा रहेको अस्पतालका समिती गठन प्रक्रियामा वडा नम्बर २ का स्थानियलाई समितीमा राख्नु पर्ने मांग राख्दै वडाध्यक्ष बृजमोहन पाण्डे सहितको टोलीले आज जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गराएका हुन ।

निवेदनकहरु संग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटराईले सुर्जाहाका २ वटा समस्यालाई गाउँपालिकामा बसेर सामाधान गर्ने गराउने आश्वासन दिएको नेपाली काग्रेस पार्टी संग आवद्ध सुर्जाहाका बिधार्थी नेता राकेश कुशवाहाले बताए । जिल्ला प्रशासन कार्यालयमा वडा नमबर २ सुर्जाहाका बिभिन्न पार्टीका नेता, अगुवा तथा समाजसेवीहरुको उल्लेखनिय सहभागीता रहेको थियो ।

जिल्ला प्रशासन कार्यालयमा आएको टोलीमा नेपाली काग्रेसका बिरेन्द्र पटेल, नेकपाका द्धारिका पटेल, समाजवादी पार्टीका मुकुट चौहान, समाजसेवी गाया चौहान, नारद दास, मोटर साह बर्णवाल लगायतका नेता, अगुवा तथा स्थानियहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:220. Generation time:9.454 sec. Memory consumption:82.76 mb