36.4 C
Birgunj
14 May 2025
KALIKATIMES.COM

जिराभवानीमा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न

amit giri_kalikatimes

वीरगंज, ११ जेठ ।
पर्साको जिराभवानी गाउँपालिकामा शुक्रबार सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ । जिराभवानी गाउँपालिकाको आयोजना तथा सहयोगी नेपालको संयोजनमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो ।

जिराभवानी गाउँपालिकाको वडा नं ३ मा रहेको बितो महतो जनता माध्यमिक विद्यालय जितपुर नौकाटोलामा भएको कार्यक्रममा उत्साह जनक रुपमा गाउँवासीको सहभागीता रहेको थियो ।

कार्यक्रममा गाउँपालिकाले शिक्षा, स्वास्थ्य, विकास निर्माण लागयतका क्षेत्रमा गरेको कामहरुको बिषयमा आम सर्वसधारणले उठाएका सवालहरुको गाउँपालिकाका अध्यक्ष रामपृत महतो, उपाध्यक्ष उष देबी थरुनी, प्रमुख प्रशासकिय अधिकृत अमित कुमार गिरी लगायतकाले जवाफ दिएका थिए ।

कार्यक्रमको संयोजन संस्था सहयोगी नेपालका तबरेज अहमदले गाउँपालिकामै पुगरेको गरेको नमुना सर्वेक्षण प्रस्तुत गर्दै गाउँपालिकाको कार्य सम्पादन बारे जानकारी गराएका थिए । वडा नं. ३ का अध्यक्ष उमेश कुमार सिंहको अध्यक्षता र गाउँपालिका अध्यक्ष महतो प्रमुख आतिथ्यमा कायक्रम भएको थियो ।

गाउँपालिकाका अध्यक्ष महतो तथा प्रमुख प्रशासकिय अधिकृत गिरीले गाउँपालिकाको तर्फबाट भएको कमि कमजोरीहरुलाई अगामि दिनमा सच्याउँदै लाग्नका साथै गाउँपालिकाको तर्फबाट प्रदान गरिने सेवा प्रवाहलाई प्रभावकारी बनाईने बताए ।

प्रमुख प्रशासकीय अधिकृत गिरिले बिकास निर्माणको कार्यको अनुगम चुस्तदुरुस्त बनाउँने प्रतिबद्धता समेत व्यक्त गरे । सार्वजनिक सुनवाईको सहजिकरण पत्रकार रितेश त्रिपाठीले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

धाेबिनीमा आगलागी, एक घर र १२ वटा बाख्रा जल्याे

कालिका टाईम्स

जगरनाथपुर ५ मा नवनिर्मित वडा कार्यालय भवनकाे उद्घाटन

कालिका टाईम्स

वीरगंज महानगर प्रहरीद्वारा आदर्शनगर रंगशालामा वृक्षारोपण, हरियाली प्रवर्द्धनमा जोड

कालिका टाईम्स
SQL requests:215. Generation time:7.133 sec. Memory consumption:82.47 mb