12 May 2025
KALIKATIMES.COM

पटेर्वा सुगौलीको सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न

वीरगन्ज, ९ जेठ ।
पर्साको पटेर्वा सुगौली गाउँपालिकामा आज सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ । सहयोगि नेपालको आयोजनामा पटेर्वा सुगौली २ गादीको वडा कार्यालयमा भएको गाउँपालिका स्तरिय सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको हो ।

वडा नं. २ का वडा अध्यक्ष विजय गैरेको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष हरिनारायण चौधरी, उपाध्यक्ष ममता महतो, प्रमुख प्रशासकिय अधिकृत सरोज कुमार चौधरीले गाउँवासीको जिज्ञासा र प्रशनको जवाफ दिएका थिए ।

कार्यक्रममा वडा नं. १ का अध्यक्ष फरमान मियाँ, वडा नं. ५ का अध्यक्ष मोतीलाल साह, नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का उपाध्यक्ष केसी लामिक्षाने, सहयोगी नेपालका अध्यक्ष तबरेज अहमद, पत्रकार निरज पिठाकोटे मगर, आशु सर्राफ, गाउँ कार्यपालिका कार्यालयको विभिन्न शाखाका प्रमुख, गाउँ सभा सदस्य लगायत गाउँवासीको सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन पत्रकार रितेश त्रिपाठीले गरेका थिए ।

आर्थिक बर्ष २०७५/०७६ मा सबै पालिकाहरुमा पहिलो सार्वजनिक सुनवाई कार्यक्रम पटेर्वा सुगौली गाउँपालिकाले नै गरेको वताइएको छ भने गत बर्ष सब भन्दा पहिला जिराभवानी गाउँपालिकाले गरेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

बुद्ध जयन्तीको अवसरमा भिस्वा डाँडामा सरसफाई

कालिका टाईम्स

प्रेस सेन्टर पर्साद्वारा सिडिओलाई ज्ञापन

कालिका टाईम्स

नयाँ लुगा किनिदिने प्रलोभनमा पारी नाबालिकालाई यौनधन्दामा लगाउने महिला वीरगंजबाट पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:5.800 sec. Memory consumption:82.42 mb